Developed By Kuldeep Sharma

December 6, 2025

सरावल–४, लोहितपुरमा कब्रिस्तान बाउण्ड्रीवाल निर्माणको काम सुरु : मन्त्री कलवारद्वारा विकासको प्रतिबद्धता

पुरुषोत्तम सुबेदी

पश्चिम नवलपरासीको सरावल–४, लोहितपुरमा रजा कब्रिस्तान बाउण्ड्रीवाल निर्माणको काम सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देबकरण कलवारले पश्चिम नवलपरासीको सरावल–४, लोहितपुरमा रजा कब्रिस्तान बाउण्ड्रीवाल शिलान्यास गर्नुभएको हो। मन्त्री कलवारले शिलान्यास गर्दै स्थानीय विकासका लागि प्रदेश सरकारको प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त बाउण्ड्री निर्माण कार्यको थालनी लुम्विनी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित रु १० लाख बजेटबाट गरिएको हो।यो बजेट प्रदेश सभा सदस्य एवं वन तथा वातावरण समितिका संयोजक विश्व प्रेम पाठकको पहलमा परेको हो।


ओल्मा फाउण्डेसन नेपालका राष्टि«य अध्यक्ष शैयद गुलाम हुसैनले यो कार्यले स्थानीय समुदायमा खुसीयाली छाएको बताउनुभयो।लामो समयदेखि स्थानीय समुदायको माग रहेको रजा कब्रिस्तानको बाउण्ड्री निर्माणले अब मूर्त रूप पाउने भएको छ।
शिलान्यासपश्चात् अब बाउण्ड्री निर्माणको काम अगाडि बढ्नेछ। स्थानीय अगुवाहरूले यस योजनाको सफल कार्यान्वयनका लागि सबै सरोकारवाला निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
तस्बिर- कब्रिस्तानवाल बाउण्ड्री शिलान्यास कार्यक्रम ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak