Developed By Kuldeep Sharma

November 24, 2025

उखु किसानको लागत हेरी मूल्य निर्धारण गर्न सरकारसँग माग; ७५ करोड अनुदान भुक्तानीमा अन्योलता

उखु किसानको लागत हेरी मूल्य निर्धारण गर्न सरकारसँग माग; ७५ करोड अनुदान भुक्तानीमा अन्योलता

पुरुषोत्तम सुबेदी

पश्चिम नवलपरासी,  । कृषि प्रधान देशका उखु किसानहरूले भोगेका समस्या सम्बोधन गर्न तथा नयाँ सिजनका लागि उखुको समर्थन मूल्य निर्धारण गर्ने विषयमा आईतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा  छलफल  भएको छ। छलफलमा मन्त्रालयका अधिकारी, सम्बद्ध निकायका प्रतिनिधि र किसान महासंघका प्रतिनिधिहरू सहभागी थिए।

लागतका आधारमा मूल्य निर्धारणको माग

छलफल   सहभागी  उखु उत्पादक महासंघका प्रवक्ता तथा लुम्बिनी प्रदेश अध्यक्ष उमेशचन्द्र यादवका अनुसार छलफलमा किसान महासंघले उखु उत्पादनमा श्रम–पसीना बगाउने किसानको वास्तविक उत्पादन लागतका आधारमा यथार्थ अनुरूप मूल्य तय गर्न सरकारसँग जोडदार माग गरेको छ।

,यस वर्ष उखुको उत्पादन लागतमा भएको वृद्धिलाई ध्यान दिँदै किसान महासंघले न्यूनतम रु ७५० प्रति क्विन्टल मूल्य निर्धारण गर्नुपर्ने माग प्रस्ट रूपमा राखेको छ। साथै, किसानले उखु बेचेको १५ दिनभित्रै रकम भुक्तानी हुने व्यवस्था गर्न पनि महासंघले माग गरेको छ।

बैठकमा सहभागीहरूले सरकारले यही मंसिर १५ गतेभित्र सम्मानजनक मूल्य निर्धारण गर्ने आशा व्यक्त गरेका छन्।

अनुदान भुक्तानीमा अड्चन यथावत

छलफलको मुख्य एजेन्डामा गत वर्षको बाँकी अनुदान भुक्तानीको विषय पनि समावेश थियो। कृषि मन्त्रीले गत वर्षको बाँकी रु ३५ प्रति क्विन्टलका दरले करिब ७५ करोड रुपैयाँ छिटो भुक्तानी गर्नुपर्ने धारणा राखेका थिए। तर, किसान प्रतिनिधिहरूको भनाइ अनुसार, सचिवस्तरीय टोलीले अर्थ मन्त्रालयको सहमति नआएको भन्दै तत्काल भुक्तानी गर्न कठिनाइ रहेको प्रतिक्रिया दिएको छ ।

तस्बिर- कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा  आयोजित छलफल   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak