(लिजा) मा सुस्ता गाउँपालिका पहिलो रामग्राम नगरपालिकाले सबैभन्दा कम
11 Shares
नवलपरासीका स्थानीय तहमध्ये सुस्ता गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा पहिलो भएको छ। संघीय मामिला तथा सामान्य मन्त्रालयले आर्थिक वर्ष २०८०/०८१ को लागि प्रकाशित गरेको गुणस्तर अन्तिम नतिजामा सुस्ता गाउँपालिकाले ८७% अंक ल्याएर उत्कृष्ट प्रदर्शन गरेको हो।
जिल्लाका सात स्थानीय तहमध्ये पाल्हीनन्दन गाउँपालिकाको विवरण उपलब्ध छैन भने रामग्राम नगरपालिकाले सबैभन्दा कम ७२.५०% अंक प्राप्त गरेको छ।
समग्र नतिजा
समग्र नतिजामा, सुस्तापछि प्रतापपुर गाउँपालिकाले ८५.२५% अंकसहित दोस्रो र सरावल गाउँपालिका८१.५०% अंक ल्याएर तेस्रो स्थानमा रहेका छन्। अन्य स्थानीय तहहरूको अंक यस प्रकार छ:
सुनवल: ८१%
बर्दघाट: ७९.२५%
रामग्राम: ७२.५०%
विषयगत क्षेत्रहरूको नतिजा
१. सेवा प्रवाह
सुस्ता र प्रतापपुरले समान १३.५०% अंक प्राप्त गरी पहिलो स्थानमा रहेका छन्।
सरावल१३% अंकसहित दोस्रो स्थानमा छ।
अन्य स्थानीय तहहरूमा बर्दघाटले १२.५०%, रामग्रामले १२% र सुनवलले ११% अंक प्राप्त गरेका छन्।
२. भौतिक पूर्वाधार
यो क्षेत्रमा सरावल पहिलो भएको छ।
प्रतापपुर र सुनवलले समान १०% अंक पाएर दोस्रो स्थानमा रहेका छन्।
सुस्ताले ९.५०%, बर्दघाटले ९% र रामग्रामले ७% अंक प्राप्त गरेका छन्।
३. विपद् व्यवस्थापन
सुनवल र प्रतापपुरले समान ७.५०% अंक प्राप्त गरी पहिलो स्थानमा रहेका छन्।
सुस्ताले ७%, सरावलले ६%, बर्दघाटले ५.५०% र रामग्रामले ३.५०% अंक प्राप्त गरेका छन्।
४. न्यायिक सम्पादन
सरावलबाहेक सबै स्थानीय तहले समान ७% अंक प्राप्त गरेका छन्।
सरावलले भने ६.५०% अंक प्राप्त गरेको छ।
स्थानीय तहको वर्तमान अवस्था र सुधारका लागि आवश्यक पक्षहरूको पहिचान गर्न यो मूल्याङ्कन गरिएको हो। यसले स्थानीय सरकारहरूबीच स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।
प्रतिक्रिया