उखु किसानहरूले अनुदान रकम वृद्धि गर्न र आगामी आर्थिक वर्षको बजेटमा अनुदान सुनिश्चित गर्न माग गर्दै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरन प्रसाद कलवार “सन्तु” ले कृषि मन्त्री रामनाथ अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको छ।
पश्चिम नवलपरासीबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य बैजनाथ जैसवालसहित मन्त्री कलवारले संयुक्त रूपमा लिखित माग पत्र बुझाउनुभएको हो। ज्ञापनपत्रमा उखु किसानहरूले हाल पाइरहेको अनुदान रकम बढाएर प्रति क्विन्टल ७० रुपैयाँ कायम गर्नुपर्ने र आर्थिक वर्ष २०८२/०८३ को बजेटमा उखु किसानले पाउने अनुदान रकमको सुनिश्चितताका लागि माग गरिएको छ।
भेटको क्रममा कृषि मन्त्री रामनाथ अधिकारीले किसानका मागहरूप्रति सरकार सकारात्मक रहेको र त्यसको समाधानका लागि पहल गरिने प्रतिक्रिया दिनुभएको छ। यस कदमले सरकारलाई किसानका समस्याहरूप्रति गम्भीर हुन दबाब बढेको छ।
प्रतिक्रिया