Developed By Kuldeep Sharma

माघ २७, २०८१

नेपाली काङ्ग्रेसले बर्दघाट नगरलाई बुझायो ध्यानाकर्षण

नेपाली काङ्ग्रेसले बर्दघाट नगरलाई बुझायो ध्यानाकर्ष

whatsapp sharing button
viber sharing button

 

नवलपरासी

नेपाली काङ्ग्रेस बर्दघाट नगर कार्यसमितिले बर्दघाट नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।
समितिले मुलतः तीन वटा बिषयबस्तुमा ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाईएको छ ।नगर सभापति दामोदर जिसि एवम् नगर कार्यसमितिका पदाधिकारी सहितको उपस्थितिमा नगरप्रमुख शम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्र प्रकाश उपाध्यायलाई ज्ञापन पत्र बुझाईएको हो ।

ज्ञापनपत्रमा करको दर,चिसापानी जग्गा संरक्षण र कृषि एवम् सिचाईको ब्यवस्थापनका तीन वटा बुदा हरु समेटिएको छ ।पछिल्लो समय नगरपालिकाले करको दर बढाएको भन्दै करको दर घटाई दायरा बढाउन अनुरोध गरिएको छ ।

“अहिले मुलुक चरम आर्थिक संकटमा गुज्रिरहेको अवस्थामा करको दर बाट आम नागरिक आक्रान्त बनेको परिस्थिती छ।नागरिकको आर्थिक अवस्थाको मुल्यांकन नभै दर मात्रा बढाईनुले नगरपालिका सबै बर्गको अविभावक बन्न सकेनकी भन्ने हाम्रो चिन्ता हो”नगर सभापति दामोदर जिसिद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

चिसापानीको जग्गाका सम्बन्धमा अव्यवस्थित बसोबासीको ब्यवस्थापन,ट्रमा सेन्टर र चिसापानी अस्पताललाई उपयोग हुने बाहेकको जग्गा संरक्षण गर्न अनुरोध गर्दै निर्वाचनताका जग्गाका बिषयमा गरिएका बाचा पूरा गर्न अनुरोध गरिएको छ ।

यसै गरि कृषि र सिचाइको समस्याका बारेमा समेत सुझाव सहित योजना अघि बढाउन आग्रह गरिएको छ ।बर्दघाट नगरपालिका वडा नम्बर ५ मा रहेको कन्चनगढी क्षेत्रमा रहेको खजुरा खोला मुहानमा ड्याम बाधेर सतह सिचाई र डम्पिङ पानीबाट बोटिङको ब्यवस्था गरि पर्यटक भित्राउनका लागि दीर्घकालीन योजना बनाउन अनुरोध गरिएको ज्ञापन पत्रमा उल्लेख छ । निर्वाचनका समयमा गरिएका प्रतिबद्ध घोषणा पत्र अनुरुप काम गर्न समेत आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले समसामयिक बिषबस्तुमा ध्यानाकर्षण गराईएको बताउदै नागरिकमैत्री सेवा प्रवाहकालागी आफू प्रतिबद्ध रहको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By kosikhabar