Developed By Kuldeep Sharma

माघ २४, २०८१

सुनवल नगरपालिकाले दमकल खरिद गर्ने

सुनवल नगरपालिकाले दमकल खरिद गर्ने भएको छ ।  विज्ञप्ति जारी गर्दै नगर प्रमुख विमला अर्यालले नगरपालिका दमकलको व्यवस्था गर्न प्रतिबद्ध रहेको बताएकी छन् ।

नगर क्षेत्रका विभिन्न वडाहरूमा भएका आगलागीका घटनाबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रमुख अर्यालले दमकल खरिदलाई पहिलो प्राथमिकतामा राखी तयारीमा जुटेको जनाएकी छन् ।

विगतका ठूला आगलागी घटनाबाट महत्वपूर्ण धनजनको क्षति भएको छ ।” विज्ञप्तिमा भनिएको छ, “पहिलो वर्षमै दमकलको व्यवस्था गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरिएको थियो, जसको सकारात्मक परिणामस्वरूप विदेशी दातृ संस्थाबाट अनुदानमा दमकल प्राप्त गर्ने सम्झौता भएको छ । हाल यो प्रक्रिया अन्तिम चरणमा पुगेको छ र चालु आर्थिक वर्षभित्रै दमकल प्राप्त हुने निश्चित भइसकेको छ ।”

विपद् व्यवस्थापनका क्रममा सहयोग पुर्याउने छिमेकी पालिकाहरूप्रति धन्यवाद व्यक्त गर्दै नगरपालिकाले भविष्यमा यस्ता घटनाबाट बच्न थप उपायहरू अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By kosikhabar