Developed By Kuldeep Sharma

माघ २३, २०८१

नागरिकता बिहिन सुस्ताबासीलाई स्थानिय तहको सिफारिसमा विद्युत मिटर

नवलपरासी । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नागरिकता नभएका सुस्ताबासिलाई बसोबासका आधारमा स्थानीय तहको सिफारिसमा विद्युत मिटर उपलब्ध गराउन निर्देशन दिनु भएको छ ।
लुम्बिनी प्रदेश सरकारका बन तथा वातावरण मन्त्री एवम् नवलपरासीबाट निर्वाचित प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवारको बिशेष पहलमा सुस्तामा विद्युत मिटर उपलब्ध गराईने भएको हो ।
लुम्बिनी प्रदेशका बन तथा बाताबरण कलवार(सन्तु),सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवाल लगायतको प्रतिनिधि मण्डल काठमाडौ पुगेर विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ज्ञापन पत्र बुझाएको छ ।
मन्त्री देवकरण कलवार(सन्तु) ले निर्देशक घिसिङ लाई सुस्ताका नागरिकता बिहिनहरुले विद्युत सम्म जडान गर्न नपाएकाले बसाई प्रमाणितका आधारमा स्थानिय तहको सिफारिसले बत्ती पाल्न पाउने ब्यवस्था मिलाईदिन आग्रह गरिएको बताउनु भयो ।


नागरिकता नभएकै कारण लामो समयपछि बिजुलि पुगेको सुस्तामा त्यहाँका कयौ घरधुरीले बत्ती बाल्न पाएका छैनन ।नागरिकता बिना विद्युत मिटर जडानको सिफारिस नहुने हुँदा मिटर जडान हुन बाट उनिहरु बन्चित हुँदै आएका छ्न ।कतिपय सग जगाको लालपुर्जा समेत नहुदा व्यापार ब्य्वसाय गर्न समेत पाएका छैनन ।
ज्ञापनपत्र बुझे लगत्तै कार्यकारी निर्देशक घिसिङले विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालयलाई सोहि आधारमा मिटर उपलब्ध गराउन सहजीकरण गरिदिन निर्देशन दिनुभएको हो ।
“हामिले निकै पहल गर्यौ,कुलमान जि ले तत्कालै निर्देशन गर्नु भो,अब पक्कै सुस्ताबासिले बिजुली बाल्न पाउने छ्न भन्ने बिश्वास छ“मन्त्री कलवारले भन्नू भयो ।विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख हरी प्रसाद पाण्डेले मिटर जडानका लागि स्थानीय तहको सिफारिसका आधारमा मिटर उपलब्ध गराउन निर्देशन भएको जानकारी दिनुभयो ।
“लुम्बिनी प्रदेशका बन मन्त्रीको नेतृत्व मा काठमाडौ जानू भएको रहेछ ,हामिले यहाँ बाट टिप्पणी उठाएर पठाका पनि थियौं त्यसपछि निर्देशक जिले मलाई फोन गरेर पनि भन्नू भएको छ र पत्र पनि आएको छ अब सोही अनुरुप हामिले ब्यवस्था मिलाउछौ“पाण्डेले भन्नू भयो ।

सुस्ताका झण्डै १४० घर परिवार सग नागरिकता नभएका कारण मिटर जडान हुन नसकेको सुस्ता बचाउ अभियानका प्रवक्ता जैसवालले बताउनु भयो ।नागरिकता र जग्गाधनी पुर्जा नहुदा थुप्रै कठिनाई ब्योहोर्नु परेको र सुस्ताका हरेक बिषयहरुमा संघर्ष गर्नु पर्ने अवस्था रहेको जैसवालको भनाई छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By kosikhabar