Developed By Kuldeep Sharma

माघ २२, २०८१

नवलपरासीमा किशोरीहरुका लागी क्यान्सर विरुद्धको खोप अभियान

नवलपरासी । नवलपरासीमा किशोरीहरुका लागी क्यान्सर विरुद्धको खोप अभियान सुरु भएको छ । पश्चिम नवलपरासीमा पााठेघरको मुखको क्यान्सर विरुद्धको ( –एचपीभि) खोप अभियान सुरु हो । सातै पालिकाका स्थानिय तहका तोकिएका खोप केन्द्रबाट खोप लगाईने स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो ।

माघ २८ गते सम्म १६ हजार बढि किशोरीहरुलाई खोप लगाउने गरी एक हप्ता खोप अभियान संञ्चालन हुने छ । विद्यालयमा ६ देखि १० कक्षा सम्म अध्ययन गर्ने किशोरी र विद्यालय नजानेको हकमा १० देखि १४ वर्ष सम्मका किशोरीहरुलाई उक्त खोप दिईने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका २ सय विद्यालयमा खोप केन्द्र संञ्चालन गरेर विद्यालय भित्रका १५ हजार ६६९ र विद्यालय नजाने ६ सय २४ गरी १६ हजार २ सय ९३ जन किशोरीलाई खोप लगाईने छ । यो खोप अभियान पाठेघरको क्यान्सर विरुद्ध किशोरीहरुका लागी निकै महत्वपुर्ण छ ।

सुनवलको देवकोटा माविमा धेरै विद्यार्थी भएकाले दुई वटा खोप केन्द्र संञ्चालन गरिने छ भने अन्य विद्यालयमा एउटा खोप केन्द्र संञ्चालन गरेर एक हप्तामा सक्ने गरी खोप लगाईने ढकालले बताउनुभयो । जसका लागी खोप स्वास्थ्यकर्ता २ सय ५ जना र स्वंयमसेवक ३ सय ८ जना खटिने छन् ।
जसका लागी विद्यलायका प्रधानअध्यापक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायत संग अभिमुखिकरण गर्ने काम सम्पन्न भईसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । पालिका स्तरीय र वडा स्तरीय खोप समन्वय समिति मार्फत कोहि पनि खोप अभियानमा नछुटुन् भन्ने उदेश्यले प्रचारप्रसार भईरहेको र सामुदायिक महिला स्वास्थ्य स्वंयमसेविका घर घरमा पुगेर समेत खोप अभियानमा छुटेका किशोरीहरुलाई सामेल गराउने गरी तयारी भएको स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो ।

पाठेघरको मुखको क्यान्सर विरुद्ध ०.५ एमएल खोप किशोरीहरुको बाँया पाखुराको माथिल्लो भागमा लगाईन्छ ।खोपले कसैकसैलाई सामान्य ज्वरो आउने, टाउको दुख्ने हुन सक्ने भएपनि अन्य समस्या नदेखिने बताईएको छ । चितवन र कास्कीमा नौ वर्ष अगाडीनै लगाईएको उक्त खोप अन्य जिल्लामा बल्ल लगाउन लागिएको हो । नेपालमा पाठेघरको मुखको क्यान्सरबाट वर्षेनी एक हजार बढिको मृत्यु हुदै आएको छ । अहिले सबैभन्दा बढि देखिने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By kosikhabar