Developed By Kuldeep Sharma

माघ २२, २०८१

पाल्डाडा कपको उपधी माथी सनराइज एफ.सी.को टिमले कब्जा

पाल्डाडा कपको उपधी माथी सनराइज एफ.सी.को टिमले कब्जा
नवलपरासी , २२ माघ । नवलपरासीको बर्दघाटमा संचालीत पाल्डाडा कप फुटवल प्रतियोगीता २०८१ अन्तर्गत फाईनल खेलको उपधी माथी सनराइज एफ.सी.को टिमले कब्जा जमाएको छ । उपाधिसंगै सो टिमले रु २ लाख १ हजार नगद र कप,मेडल तथा प्रमाण पत्र लिन सफल भएको छ भने उपविजेता रोशन फर्निचर भैरबले १ लाख ५ सय नगद , कप,मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।
फाइनल खेलमा दुबै टिमले निर्धारित समयमा कुनै पनि गोल गर्न नसकेपछि खेल ट्राइव्रेकरमा गएर टुङगीएको थियो । माघ १२ गते देखि भएको प्रतियोगितामा संकटा एफ.सी.काठमाण्डौं देखि गोरखपुर एफ.सी.भारतको टिमले समेत भाग लिएको उक्त फुटबल प्रतियोगितामा नेपाल र भारतका गरी १० टिमको सहभागिता रहेको थियो ।
प्रतियोगीता समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगर पालिकाले खेलकुदसंग–संगै विकासका गतिविधिहरुलाई पनि जोडेर अघिबढने बताउनु भएको थियो । नगरप्रमुख श्रेष्ठले बर्दघाट नगरले राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सफल भएको समेत बताउनुभयो ।
………………….

सगरमाथा सामुदायिक प्रतिष्ठान ,बर्दघाट–५ पाल्डाडाको आयोजनामा भएको प्रतियोगीता प्रत्येक बर्ष हुदै आएको छ । पाल्डाडा कप–२०८१ का लागि बर्दघाट नगरपालिका प्रमुख संरक्षक र बर्दघाट नगरपालिका वडा नं. ५ संरक्षक रहेको आयोजक संस्थाका सल्लाहकार तथा बर्दघाट नगर खेलकुद विकास समितिका नगर अध्यक्ष दिपक थापाले  बताउनुभयो  ।

 

प्रतियोगीता आयोजक संस्था सगरमाथा सामुदायिक विकास प्रतिष्ठानका अध्यक्ष गंगा बहादुर क्षेत्रीको अध्यक्षतामा तथा क्यापटेन मानबहादुर थापाको स्वागत मन्तब्यवाट भएको कार्यक्रममा ,सुकुम्वासी समस्या समाधान आयोग नवलपरासीका जिल्ला अध्यक्ष लालबहादुर गुरुङ , बर्दघाट नगरपालिका वडा न. ५ की वडाध्यक्ष बिमला गुरुङ लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन शिव प्रसाद शर्माले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By kosikhabar