नवलपरासी , पश्चिम नवलपरासी स्थित सुनवल नगरपालिकाले आफ्नो सवैजसो वडा कार्यालयको भवन निमार्ण गरी सेवा दिने कार्यलाई तिब्रता दिएको छ । यस अगाबै आफ्नो वडा कार्यालय भवन रहेको स्थान साथै आफ्नो वडा कार्यालय नभएका वडाहरुमा सेमत वडा कार्यालयको भवन निमार्ण गरी जनसमुदायलाई सेवा दिने कार्य थालेको हो । जस अनुसार पछिल्लो पटक सुनवल नगरपालिका अन्तर्गत वडा नम्बर ६ को वडा कार्यालयको आफ्नै प्रशासनिक भवन निमार्ण सम्पन्न गरिएको हो ।
नवनिर्मित वडा कार्यालय भवनबाट जनतालाई सेवा दिन थालिएको छ । जस अनुसार उक्त वडा कार्यालयको औपचारीक रुपमा समुद्वघाटन गरी सेवाग्राहीलाई सेवा दिन थालिएको गरिएको हो । भवन उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख बिमला अर्यालले कार्यालयबाट शासक होइन सेवकको रूपमा मुस्कान सहितको सेवा प्रभाह गर्नुपर्छ भन्ने मूल्य र मान्यताको साथ स्थानीय सरकार कटिबद्ध रहेकोले सोहि अनुरूप जनप्रतिनिधि र कर्मचारीलाई परिचालन गरिएको बताउनुभयो ।
वडा निर्माणका लागि वि.स. २०७९ मंसिर १४ गते रू. ७१ लाख ५२ हजार १ सय ६२रूपैयामा ठेक्का स्वीकृत भएकोमा रू ६५ लाख ५५ हजार ५ सय ६४ रूपैयामा काम सम्पन्न भएको हो । यसैगरी कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले भौतिक पुर्वाधार भएमात्र सेवा प्रभाह गर्न सहज हुने , भन्दै अबका दिनमा अझ चुस्तदुरून्त रूपमा नागरिकले सेवा पाउनेमा आफु आशावादी रहेको टिप्पणी गर्नुभयो ।
सो कार्यक्रममा जग्गादाता स्थानीय जगिदार नाथ कवर,विशासय कवर योगी समाज र विशासय सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान समेत गरिएको थियो ।वाकी वडा कार्यालय र पालिका अन्तर्गत शाखाहरु पनि आफ्नो कार्यालय भवन बाट संचालन गर्ने नगरपालिकाको योजना छ । सुनवल नगरपालिकाका योजना शाखा प्रमुख पुरूषोत्तम ढकालको संचालन र कार्यपालिका सदस्य सिता तिमल्सिनाको स्वागत रहेको कार्यक्रममा पूर्व गाविस अध्यक्ष थानप्रसाद गैरे, राप्रपा जिल्ला अध्यक्ष रामजी पराजुली ,नेकपा एमाले नगर अध्यक्ष मुक्ति बहादुर भण्डारी, नेकपा माओवादी नगर अध्यक्ष मोहन बहादुर कार्की , पूर्व वडा अध्यक्ष खेमराज पाण्डे, गंगाराम शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया