मोरङ्गको बुढिगंगा गाउपालिका औधोगिक क्षेत्रहरु मध्यको एक स्थानिय गाउपालिका हो,यहाका युवाहरु साक्षर भएतापनी वैदेशिक रोजगारकै बाटो समाउनु पर्ने बाध्यता छ ।आफ्नै ठाउमा उधोगका श्रोतहरु प्रशस्तै रहेका छन यधपि युवालाई समेट्न नसक्नु यस पालिकाको मुख्य चुनौति अझैपनि यथावत नै रहेको आम युवाहरुको गुनासो छ,स्थानिय सरकार राजनितिमै मात्र सिमित छन ! न त यहा स्वरोजगार मुलक एजेन्डा बन्छ! न त यहा व्यबसायमुलक तालिमको व्यवस्था नै छ । तालिमको आयोजना भएतापनि पहुचबाला नेता र कार्यकर्ता कै मातहातमा व्यवस्था रहन्छ, यदि यहि क्रम चल्दै गए स्थानिय युवाहरुको दिनचर्या, भविष्य नेपालमा नभई बैदेशिक क्रममै मात्र सिमित हुने आम युवाहरुको भनाई छ ।
प्रतिक्रिया