सार्वजनिक प्रशासन रूपान्तरण अभियान-२०८२ का संयोजक घिमिरेका अनुसार ज्ञापनपत्रमा भनिएको छ, तत्कालीन राजनीतिक नेतृत्वको बहिर्गमन भइसकेको अवस्थामा, सोही नेतृत्वसँग रहेर काम गरेका हालको प्रशासनिक नेतृत्वबाट प्रशासनमा रूपान्तरण सम्भव नहुने स्पष्ट छ।
अभियानका संयोजक घिमिरेका अनुसार, अभियानले राखेका मागहरू र प्रशासनमा रूपान्तरण ल्याउने आवश्यकताको सन्दर्भमा प्रधानमन्त्री कार्कीले सकारात्मक प्रतिक्रिया दिनुभयो ।
त्यसैले, अभियानले देशको प्रशासनमा सुधार ल्याउन तत्कालका लागि उच्च प्रशासकीय नेतृत्वकर्तासहित उनीहरूलाई सहयोग गर्ने मतियारको रुपमा काम गर्ने जिम्मेवार पदाधिकारी एवम् कर्मचारीहरूबाट मार्ग प्रशस्त गर्न अनुरोध गर्दै उनीहरूको तत्काल बहिर्गमनको माग गरेको छ।
प्रधानमन्त्री कार्कीलाई बुझाइएको यस ज्ञापनपत्रले प्रशासन सुधारका लागि उच्च तहमा फेरबदलको आवश्यकता औँल्याएको छ।
प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्र :
प्रतिक्रिया