(लिजा) मा सुस्ता गाउँपालिका पहिलो रामग्राम नगरपालिकाले सबैभन्दा कम
7 Shares
नवलपरासीका स्थानीय तहमध्ये सुस्ता गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा पहिलो भएको छ। संघीय मामिला तथा सामान्य मन्त्रालयले आर्थिक वर्ष २०८०/०८१ को लागि प्रकाशित गरेको गुणस्तर अन्तिम नतिजामा सुस्ता गाउँपालिकाले ८७% अंक ल्याएर उत्कृष्ट प्रदर्शन गरेको हो।
जिल्लाका सात स्थानीय तहमध्ये पाल्हीनन्दन गाउँपालिकाको विवरण उपलब्ध छैन भने रामग्राम नगरपालिकाले सबैभन्दा कम ७२.५०% अंक प्राप्त गरेको छ।
समग्र नतिजा
समग्र नतिजामा, सुस्तापछि प्रतापपुर गाउँपालिकाले ८५.२५% अंकसहित दोस्रो र सरावल गाउँपालिका८१.५०% अंक ल्याएर तेस्रो स्थानमा रहेका छन्। अन्य स्थानीय तहहरूको अंक यस प्रकार छ:
सुनवल: ८१%
बर्दघाट: ७९.२५%
रामग्राम: ७२.५०%
विषयगत क्षेत्रहरूको नतिजा
१. सेवा प्रवाह
सुस्ता र प्रतापपुरले समान १३.५०% अंक प्राप्त गरी पहिलो स्थानमा रहेका छन्।
सरावल१३% अंकसहित दोस्रो स्थानमा छ।
अन्य स्थानीय तहहरूमा बर्दघाटले १२.५०%, रामग्रामले १२% र सुनवलले ११% अंक प्राप्त गरेका छन्।
२. भौतिक पूर्वाधार
यो क्षेत्रमा सरावल पहिलो भएको छ।
प्रतापपुर र सुनवलले समान १०% अंक पाएर दोस्रो स्थानमा रहेका छन्।
सुस्ताले ९.५०%, बर्दघाटले ९% र रामग्रामले ७% अंक प्राप्त गरेका छन्।
३. विपद् व्यवस्थापन
सुनवल र प्रतापपुरले समान ७.५०% अंक प्राप्त गरी पहिलो स्थानमा रहेका छन्।
सुस्ताले ७%, सरावलले ६%, बर्दघाटले ५.५०% र रामग्रामले ३.५०% अंक प्राप्त गरेका छन्।
४. न्यायिक सम्पादन
सरावलबाहेक सबै स्थानीय तहले समान ७% अंक प्राप्त गरेका छन्।
सरावलले भने ६.५०% अंक प्राप्त गरेको छ।
स्थानीय तहको वर्तमान अवस्था र सुधारका लागि आवश्यक पक्षहरूको पहिचान गर्न यो मूल्याङ्कन गरिएको हो। यसले स्थानीय सरकारहरूबीच स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।
प्रतिक्रिया