Developed By Kuldeep Sharma

August 16, 2025

नेपाललाई पुनः हिन्दु सापेक्ष राष्ट्र बनाउनुपर्ने – नेपाली कांग्रेसका केन्द्रीय सदस्य कँडेल

पुरुषोत्तम सुवेदी  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सहकारी विभाग प्रमुख देवेन्द्रराज कँडेलले नेपाललाई पुनः हिन्दु सापेक्ष राष्ट्र बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले नवलपरासी पश्चिमको सुनवलमा भइरहेको श्री हरिहर ओमकारेश्वर श्रावणी महामहोत्सव २०८२ को एक कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै यस्तो कुरा बताएका हुन्।

कँडेलले आफू समाजसेवाका साथै पाल्हीनन्दनस्थित पाल्ही कोटक देवी मन्दिरको पुजारीसमेत रहेको जानकारी दिए। उनले धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रका लागि आफू विगतदेखि नै अभियानमा लागिरहेको र नेपाली कांग्रेसको केन्द्रीय समितिमा समेत हिन्दु राष्ट्रको एजेन्डा स्थापित हुँदै गएको दाबी गरे। उनले हिन्दु संस्कारमा रहेको पारिवारिक परम्पराको उदाहरण दिँदै समाज र संगठनमा अग्रजलाई सम्मान गर्दा सफलता प्राप्त हुने बताए।

पूर्वगृह राज्यमन्त्रीसमेत रहेका कँडेल हिन्दु राज्यको एजेन्डालाई निरन्तर उठाइरहेका प्रभावशाली नेताहरूमध्ये एक मानिन्छन्। यो महोत्सव श्रावण १ गतेदेखि सुरु भएको थियो र यसको भोलिपल्ट समापन हुँदैछ। महोत्सवमा अन्तर्राष्ट्रिय कथावाचक बाल व्यास श्री श्रवण न्यौपाने र राधिका दासीले कथा वाचन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak