Developed By Kuldeep Sharma

August 8, 2025

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) नवलपरासीको आयोजनामा रक्तदान कार्यक्रम

 

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) नवलपरासीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्थाको स्थापना दिवसको अवसरमा आयोजित यस कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन्।

नेफिन नवलपरासीका अध्यक्ष तारारा रानाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेफिनका निवर्तमान अध्यक्ष देवराज चौधरी हुनुहुन्थ्यो। यस कार्यक्रमले संस्थाको सामाजिक उत्तरदायित्व र स्थापना दिवसलाई सार्थक बनाउन सहयोग पुर्‍याएको आयोजकले जनाएको छ।

 

समाजसेवी  यम बहादुर थापाका अनुसार  नेफिन नवलपरासीले यस रक्तदान कार्यक्रमको सफल व्यवस्थापनका लागि सबैलाई धन्यवाद दिएको  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak