लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार (सन्तु) सहितको टोलीले पश्चिम नवलपरासीको विकास निर्माणका लागि काठमाडौँमा विभिन्न मन्त्रीहरूसँग भेटघाट गरेको छ।
मन्त्री कलवारले उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, र कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग छुट्टाछुट्टै भेट गर्नुभएको हो।
भेटका क्रममा विशेषगरी सुस्ता पुग्ने झोलुङ्गे पुलको व्यवस्थापन, सुस्ताका नागरिकहरूलाई विद्युत सेवा प्रदान गर्ने, नारायणी नदीमा तटबन्धन निर्माण, र उखु किसानलाई अनुदान बढाउने लगायतका मागहरू राखिएको थियो। टोलीमा प्रदेश सांसद बैजनाथ जयसवाल र भूमि आयोग नवलपरासीका अध्यक्ष लालबहादुर गुरुङ पनि सहभागी हुनुहुन्थ्यो।
पश्चिम नवलपरासीको सुस्तामा नागरिकताविहीन नेपालीहरूलाई विद्युत सेवा प्रदान गर्नुपर्ने र नारायणी नदीमा तटबन्धन निर्माण गर्नुपर्ने माग गर्दै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरन प्रसाद कलवार ूसन्तुू ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई ध्यानाकर्षण गराउनुभएको छ।
पश्चिम नवलपरासीबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य बैजनाथ जैसवालसहित मन्त्री कलवारले संयुक्त रूपमा मन्त्री खड्कासँग भेटघाट गर्नुभएको थियो। भेटघाटमा सुस्तामा रहेका नागरिकताविहीन नागरिकहरू विद्युत सेवाबाट वञ्चित हुनुपरेको र नारायणी नदीको जोखिमबाट बच्न तटबन्धनको आवश्यकता रहेकोबारे जानकारी गराइएको हो।
यसै क्रममा, प्रतापपुर र सुस्तामा विद्युतीकरण गर्न तथा पश्चिम नवलपरासीका ग्रामीण क्षेत्रमा बाढी र डुबान समस्याको दीर्घकालीन समाधानका लागि पनि मन्त्रालयको ध्यानाकर्षण गराइएको थियो।
छलफलको क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री खड्काले यी सबै विषयमा सम्बन्धित निकायको ध्यान गएको र समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिक्रिया दिनुभएको छ।
यसैगरी , उखु किसानहरूले अनुदान रकम वृद्धि गर्न र आगामी आर्थिक वर्षको बजेटमा अनुदान सुनिश्चित गर्न माग गर्दै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरन प्रसाद कलवार ूसन्तुूले कृषि तथा पशुपन्छी विकास कृषि मन्त्री रामनाथ अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको छ।
पश्चिम नवलपरासीबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य बैजनाथ जैसवालसहित मन्त्री कलवारले संयुक्त रूपमा लिखित माग पत्र बुझाउनुभएको हो। ज्ञापनपत्रमा उखु किसानहरूले हाल पाइरहेको अनुदान रकमलाई बढाएर प्रति क्विन्टल ७० रुपैयाँ कायम गर्नुपर्ने र आर्थिक वर्ष २०८२र०८३ को बजेटमा उखु किसानले पाउने अनुदान रकमको सुनिश्चितताका लागि माग गरिएको छ।
यसैगरी , लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार (सन्तु) ले उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटघाट गर्नुभएको छ। भेटमा विशेषगरी सुस्ता पुग्ने झोलुङ्गे पुलको व्यवस्थापनका लागि र अन्य विकास निर्माणका विभिन्न आयोजनाहरुका लागि बजेट माग गरिएको छ।
प्रतिक्रिया