Developed By Kuldeep Sharma

August 6, 2025

सुस्तामा नागरिकताविहीनलाई विद्युत र तटबन्धनको माग

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, साउन २१ गते।   पश्चिम नवलपरासीको सुस्तामा नागरिकताविहीन नेपालीहरूलाई विद्युत सेवा प्रदान गर्नुपर्ने र नारायणी नदीमा तटबन्धन निर्माण गर्नुपर्ने माग गर्दै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरन प्रसाद कलवार ूसन्तुू ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई ध्यानाकर्षण गराउनुभएको छ।
पश्चिम नवलपरासीबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य बैजनाथ जैसवालसहित मन्त्री कलवारले संयुक्त रूपमा मन्त्री खड्कासँग भेटघाट गर्नुभएको थियो। भेटघाटमा सुस्तामा रहेका नागरिकताविहीन नागरिकहरू विद्युत सेवाबाट वञ्चित हुनुपरेको र नारायणी नदीको जोखिमबाट बच्न तटबन्धनको आवश्यकता रहेकोबारे जानकारी गराइएको हो।
यसै क्रममा, प्रतापपुर र सुस्तामा विद्युतीकरण गर्न तथा पश्चिम नवलपरासीका ग्रामीण क्षेत्रमा बाढी र डुबान समस्याको दीर्घकालीन समाधानका लागि पनि मन्त्रालयको ध्यानाकर्षण गराइएको थियो।
छलफलको क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री खड्काले यी सबै विषयमा सम्बन्धित निकायको ध्यान गएको र समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिक्रिया दिनुभएको छ। यसले गर्दा सुस्ता र आसपासका बासिन्दाहरूमा आशा पलाएको छ।

तस्विर —  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का   सँग भेटघाट  गर्दै  लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरन प्रसाद कलवार

उखु किसानका माग र रासायनिक मलको व्यवस्थापनका लागि   माग
उखु किसानहरूले अनुदान रकम वृद्धि गर्न र आगामी आर्थिक वर्षको बजेटमा अनुदान सुनिश्चित गर्न माग गर्दै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरन प्रसाद कलवार ूसन्तुूले कृषि तथा पशुपन्छी विकास कृषि मन्त्री रामनाथ अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको छ।
पश्चिम नवलपरासीबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य बैजनाथ जैसवालसहित मन्त्री कलवारले संयुक्त रूपमा लिखित माग पत्र बुझाउनुभएको हो। ज्ञापनपत्रमा उखु किसानहरूले हाल पाइरहेको अनुदान रकमलाई बढाएर प्रति क्विन्टल ७० रुपैयाँ कायम गर्नुपर्ने र आर्थिक वर्ष २०८२र०८३ को बजेटमा उखु किसानले पाउने अनुदान रकमको सुनिश्चितताका लागि माग गरिएको छ।


सो भेटघाटको क्रममा पश्चिम नवलपरासी क्षेत्रमा किसानहरूका लागि आवश्यक रासायनिक मलको सहज व्यवस्थापनका लागि पनि मन्त्री अधिकारीको ध्यानाकर्षण गराइएको थियो।
भेटको क्रममा कृषि मन्त्री रामनाथ अधिकारीले किसानका यी मागहरूप्रति सरकार सकारात्मक रहेको र त्यसको समाधानका लागि आवश्यक पहल गर्ने प्रतिक्रिया दिनुभएको छ। यस कदमले सरकारलाई किसानका समस्याहरूप्रति गम्भीर हुन दबाब बढेको छ।
तस्विर — कृषि तथा पशुपन्छी विकास कृषि मन्त्री रामनाथ अधिकारी सँग भेटघाट  गर्दै  लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरन प्रसाद कलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak