Developed By Kuldeep Sharma

August 5, 2025

भारतलाई हराएर च्याम्पियन बनेका ढाँटलाई नगद १ लाख प्रदान गर्ने सखुवा प्रसाैनीका अध्यक्षकाे घाेषणा

पुरुषोत्तम सुबेदी

 पर्सा: म्याट्रिक्स फाइट नाइट (MFN) १७ को उपाधि जितेर इतिहास रचेका नेपाली फाइटर रबिन्द्र ढाँटलाई पर्साको सखुवा प्रसौनी गाउँपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ। भारतका पाँच पटकका च्याम्पियनलाई उनकै भूमिमा हराएर पहिलो नेपाली च्याम्पियन बनेका ढाँटको सम्मानमा यो घोषणा गरिएको हो।

भारतको नोएडामा सम्पन्न आक्रामक मिक्स मार्सल आर्ट्स (MMA) प्रतियोगितामा ढाँटले ब्यान्टमवेट च्याम्पियन बन्नका लागि भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गरेका थिए। MFN को च्याम्पियन बन्ने ढाँट नै पहिलो नेपाली फाइटर हुन्।

सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले यो घोषणा गरेका हुन्। उनले भने, “भारतीय च्याम्पियनलाई उनकै देशमा हराएर नेपालको नाम राख्ने ढाँटलाई प्रोत्साहन गर्न गाउँपालिकाले यो निर्णय गरेको हो।”

अध्यक्ष यादवले ढाँटलाई गाउँपालिकामा नै बोलाएर सम्मान गर्ने योजना रहेको बताए। यदि उनी कुनै कारणले आउन नसके, गाउँपालिकाको टोली काठमाडौँ गएर उनलाई सम्मान गर्नेछ।

यादवले खेलाडीहरू देशका गहना भएकाले उनीहरूको मनोबल उच्च राख्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak