– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट विज्ञ केन्द्रको रूपमा सम्मानित भएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरिएका कार्यक्रमहरूको वार्षिक प्रगति मूल्याङ्कनका आधारमा कञ्चनपुरको यो केन्द्रलाई प्रशंसापत्रसहित सम्मान गरेको हो।
सोही मूल्याङ्कनका आधारमा कृषि ज्ञान केन्द्रहरूमध्ये कृषि ज्ञान केन्द्र डो उत्कृष्ट घोषित भएको छ। यसैगरी, डडेल्धुराका एक तरकारी जर्मप्लाज्म कृषकलाई अग्रणी कृषकको रूपमा सम्मान गरिएको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ का कार्यक्रमहरूको वार्षिक प्रगति समीक्षा गोष्ठी धनगढीमा आइतबारदेखि मङ्गलबारसम्म सञ्चालन भएको थियो। गोष्ठीमा सुदूरपश्चिम प्रदेशमा रहेका कृषिसँग सम्बन्धित सबै कार्यालयहरूले आ-आफ्नो काम र त्यसको प्रगति प्रस्तुत गरेका थिए।
गोष्ठीमा प्राप्त उपलब्धिहरू, कार्यक्रम सञ्चालनमा देखा परेका समस्याहरू र प्रगति हुन नसकेका विषयहरूमा गहन समीक्षा गरियो। साथै, मन्त्रालयको कार्य सञ्चालनका लागि आवश्यक पर्ने केही कार्यविधिहरू संशोधन गर्ने र नयाँ कार्यविधि तथा मापदण्ड निर्माण गर्ने विषयमा समेत छलफल भएको छ।
प्रतिक्रिया