Developed By Kuldeep Sharma

July 23, 2025

थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरको प्रथम साधारणसभा सम्पन्न

नवलपरासीको सरावल-१, तिलकपुरस्थित थारु मिलन केन्द्र नेपालको सभाहलमा “थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टर” को प्रथम साधारणसभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष देवानन्द सिँह फौजदार को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सरावल गाउँपालिका वडा नं. १ का अध्यक्ष श्री बिष्णु प्रसाद भट्टराई प्रमुख अतिथि रहनुभएको थियो।

संस्थाका सचिव श्री शत्रुधन चौधरी ले सञ्चालन गर्नुभएको यस साधारणसभामा संस्थाको प्रगति प्रतिवेदन अध्यक्ष देवानन्द सिँह फौजदार ले प्रस्तुत गर्नुभयो। त्यसैगरी, आर्थिक प्रतिवेदन लेखा संयोजक श्ञ्ल चौधरी ले पेश गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी सचिव प्रियाङ्का चौधरी ले राख्नुभएको थियो भने कार्यक्रमबारे विस्तृत जानकारी सरावल गाउँपालिकाका पूर्व अध्यक्ष तथा संस्थाका सदस्य राधेश्याम चौधरी ले दिनुभएको थियो।

उक्त कार्यक्रममा थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय सदस्य सूर्यमन चौधरी, थाकस जिल्ला अध्यक्ष मुन्द्रिका चौधरी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) जिल्ला अध्यक्ष ओमप्रकाश चौधरी, सरस्वती प्रावि पथरहियाकी प्रधानाध्यापक ओमकुमारी चौधरी लगायतले कार्यक्रम सफलताको शुभकामना सहित धन्यवाद ज्ञापन गर्दै आफ्नो मन्तव्य राख्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak