पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकाको जनमत पार्टीको अध्यक्षमा धर्मेन्द्र हरिजन चयन हुनुभएको छ। प्रतापपुरमा भएको संगठन विस्तार तथा पुनर्गठन कार्यक्रममा हरिजन चयन हुनुभएको हो।
समितिका अन्य पदाधिकारीहरू यस प्रकार छन्:
कार्यक्रम जनमत पार्टी नवलपरासीका अध्यक्ष कृष्णकान्त चौधरीको अध्यक्षता तथा जनमत पार्टीका केन्द्रीय सचिव भूपेन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा लुम्बिनी प्रदेश सांसद चन्द्रकेस गुप्ता, केन्द्रीय सचिव बालगोविन्द चौधरी, असरफ अलि, रणजीत यादव, शत्रुधन यादव लगायतले बोल्नुभएको थियो।
प्रमुख अतिथि भूपेन्द्र यादवले कार्यक्रममा बोल्दै कार्यकर्ताहरूलाई मधेशको वैकल्पिक पार्टी निर्माण गरी अगाडि बढ्न निर्देशन दिनुभयो। उहाँले मधेशमा धेरै पार्टीहरू भए तापनि मधेशको मुद्दा जनमत पार्टीले मात्रै उठाउँदै आएको र मधेशको हकअधिकारका लागि सधैँ लडिरहेको बताउनुभयो। उहाँले मधेशको हकअधिकारका लागि सडकदेखि संसद भवनसम्म लडिरहने बताउनुभयो। आगामी निर्वाचनमा मधेशको पहिलो पार्टी बनाउन गाउँगाउँमा प्रचारप्रसार तथा संगठन विस्तार गरिनुपर्ने कुरामा जोड दिनुभयो।
प्रतिक्रिया