Developed By Kuldeep Sharma

July 9, 2025

नवलपरासीमा थारु मिलन केन्द्रद्वारा शैक्षिक सामग्री वितरण

नवलपरासी, असार २५: पश्चिम नवलपरासीको सरावल–१, पथरहियास्थित श्री सरस्वती प्रा.वि. मा थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरले गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।

केन्द्रका संयोजक देवानन्द सिँह फौजदार ज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयमा  विद्यार्थीहरूलाई शैक्षिक सामग्री  वितरण गरिएको केन्द्रका सदस्य एवं सरावल गाउँपालिकाका पूर्व अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो।

यो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ओम कुमारी चौधरी, विद्यालय व्यवस्थापन समितिका सदस्य मोहन चौधरी, र समाजसेवी चमारी चौधरी लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak