Developed By Kuldeep Sharma

June 23, 2025

शहीद स्मृति सामुदायिक अस्पताललाई अत्याधुनिक हेमाटोलोजी मेसिन प्राप्त

 

चौपत्ता,  प्रतापपूर गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा शहीद स्मृति सामुदायिक अस्पताल, चौपत्ताका लागि विनियोजित ४ लाख रुपैयाँमध्येबाट अत्याधुनिक कल्टर काउन्टर मेसिन (हेमाटोलोजी मेसिन) खरिद गरेको छ। यस मेसिनलाई  प्रतापपूर गाउँपालिकाका  उमेशचन्द्र यादवले अस्पताललाई हस्तान्तरण गर्नुभएको छ।

सामुदायिक अस्पतालमा यो मेसिन जडान भएसँगै विभिन्न रगतसम्बन्धी रोगहरूको शीघ्र र सटिक निदानमा ठूलो सहयोग पुगेको छ। यो मेसिनले CBC (Complete Blood Count) जाँचमार्फत एनिमिया, संक्रमण, डेंगु जस्ता रोगहरू चाँडै पत्ता लगाउन मद्दत गर्छ। कम समयमै धेरै नमुना परीक्षण गर्न सकिने भएकाले बिरामीको उपचार प्रक्रिया अझ छरितो र प्रभावकारी हुने अस्पतालले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak