Developed By Kuldeep Sharma

असार २, २०८२

भूमिहीन नागरिकका लागि आवास निर्माणका लागी काम शुरु

पुरुषोत्तम सुवेदी
नवलपरासी , २ असार । पश्चिम नवलपरासीमा ७ सय १७ घरपरीवार भूमिहीन नागरिकका लागि आवास निर्माणका लागी पहिलो चरणको काम शुरु भएको छ । थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टर द्वारा ’भूमिहिन नागरिकको लागि आवास निर्माण’“ कार्यक्रम अन्तर्गत प्रति भुमीहिन घरपरिवार एक कठ्ठा जग्गा सहित तयारी अवस्थाको चार कोठे घर निमार्ण गरि हस्तान्तरण गरिने भएको हो ।
जसका लागी प्रारम्भीक चरणमा लगत संकलनको लागी काम अघि बढाईएको थारु मिलन केन्द्र नेपालका सदस्य एवं सरावल गाउंपालिककाका पुर्व अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रम अनुसार पश्चिम नवलपरासीमा नगरपालिका तर्फ बर्दघाट ,रामग्राम , सुनवल तथा गाउँपालिका तर्फ सुस्ता , पाल्हीनन्दन प्रतापपुर , सरावलमा यो कार्यक्रम मार्फत ७ सय १७ भूमिहीन नागरिकका लागि आवास निर्माण गर्ने लक्ष्य छ । थारु मिलन केन्द्र नेपालले उपदान कलेन्सन सेन्टर मार्फत पश्चिम नवलपरासीमा रहेका भूमिहीन थारु लगायतका नागरिकहरूका लागि घर बनाउने पहल गरिरहेको छ । सुनवलमा आयोजीत कार्यक्रममा स्थानिय तहहरुको समंन्वयमा भईरहेको यस प्रकारका कामले पालिकाहरुलाई पनि सहयोग पुगेको सुनवल नगरपालीकाका नगर प्रमुख बिमला अर्यालको भनाई छ ।


थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरकी सदस्य एवंम् कार्यक्रम फोकल पर्सन आशा चौधरीले का अनुसार सात वटै पालिकामा मध्ये केही स्थानमा जग्गा खरिद भईसकेको र केही वाकी स्थानमा जग्गा खरिद गरी ब्यवस्थीत बस्तीको रुपमा भमीहीन परिवारलाई एकै स्थानमा आवास निमार्ण गर्ने गरि योजना अघि बढाएको छ ।
बिशेष गरी जिल्लामा ३० बर्षदेखी भूमिहीन अवस्थामा रहेको घरपरिवारलाई जग्गा सहित घरउपलब्ध गराईने छ । प्रति घर करिव ५ लाख रुपैयाको लागतमा चार कोठे घर निमार्ण हुने थारु मिलन केन्द्रका अध्यक्ष देवानन्द सिंह फैजदारले जानकारी दिनुभयो ।

जसका लागी अब प्रत्येक वडामा गई आश्यकताका आधारमा आवेदन संकलन गरिने थारु मिलन केन्द्र की सदस्य एवंम् नेपाल उपदान कलेक्सन सेन्टरकी लेखा अधिकृत अन्जली चौधरीले जानकारी दिनुभयो ।
२०७९ सालमा स्थापना भएको थारु मिलन केन्द्र नेपालले भुमिहीन नागरिकलाई ७१७ घर निर्माण गरि हस्तान्तरण गर्ने योजना रहेको कार्यक्रम सञ्चालक शत्रुघन प्रसाद चौधरीले जानकारी दिनुभयो । थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टर द्वारा यस अगाबै कैलाली , बर्दीयामा भूमिहीन नागरिकका लागि आवास निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By kosikhabar