 
										नवलपरासी । पार्टीको क्रियाशिल सदस्यता नवीकरण कार्यमा नेपाली कांग्रेस पश्चिम नवलपरासीमा बिवाद सृजना भएको छ । नेपाली कांग्रेस प्रतापपुर गाउं कार्य समितीमा अन्तर्गत गरिएको क्रियाशिल सदस्यता नवीकरणमा बिवाद सृजना भएको हो ।
सभापति ज्ञानेन्द्र कुमार पंन्जीयारल बिधान मिचेर आफु निर्वार्चित गाउं कार्य समितीको सभापति रहदा रहदै आफुलाई थाहानै नदिई क्रियाशील सदस्यता नवीकरण गरिएकोले आफुले यस वारे पार्टीको , प्रदेश र केन्द्रिय कार्य समितीमा बोधार्थ राखेर गत बैशाख १४ गतेले नेपाली कांग्रेस जिल्ला कार्य समितीमा निवेदन दिएका छन् ।
आफुले कसैलाई पनि कार्यवहाक सभापतिको जिम्मेवारी समेत नदिएकाले समितीका उपसभापति राजु अधिकारीले पार्टीको क्रियाशिल सदस्यता नवीकरण फारमका सभापतिको हैसीयतामा हस्ताक्षर गरेकाले र गत बैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा आफुलाई जानकारी उक्त कार्य बिधान बिपरित रहेको सभापति पन्जीयारद्धारा पार्टी कार्यालयमा बुझाइएको निबेदनमा उल्लेख छ ।

CamScanner 09-05-2025 15.49
तर यता यस वारे कार्यवहाक सभापति राजु अधिकारीले गएको स्थानिय तहको निर्वाचनमा सभापति पन्जीयारका छोरा हेमेन्द्र कुमार पन्जीयार अन्य दलबाट प्रतापपुर गाउंपालिकको वडा न. ९को वडा अध्यक्षको उम्मेदवार भएकोले संवय्म सभापति ज्ञानेन्द्र कुमार पंन्जीयार छोरा प्रस्तावक रही प्रचार प्रसारमा संलग्न रहेकाले पार्टीको गाउं कार्य समिती तथा जिल्ला पदाधिकारीको बैठकको निर्णयबाट आफुलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी प्राप्त भएकाले बिधान बमोजीम काम रहेको प्रतिकृया दिनुभयो ।

यता यस वारे जिल्ला नेतृत्व नेपाली कांग्रेसका जिल्ला सचिव कुलदिप आचार्यले सभापति पन्जीयारलाई बिधान बमोजीम यस अगाबै कारवाहीका लागी पार्टी नेतृत्वमा सिफारिस गरिएकाले बिधान बमोजीम कार्यवहाक सभापति अधिकारीले हस्ताक्षर गरेको नवीकरण फारमलाईनै पार्टीलाई मान्यता दिइने प्रकृया अघि बढाएको बताउनुभयो ।
 
										 
										 
										 
										 
										 
										 
										 
      
प्रतिक्रिया