Developed By Kuldeep Sharma

May 2, 2025

प्रतापपुर गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय भवन उद्घाटन ।

खुरसेद हजाम/प्रतापपुर/बैशाख/१९

प्रतापपुर गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ । नवनिर्मित भवनको शुक्रबार प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले रिबन काटी उद्घाटन गरेका हुन्। सो अवसरमा बोल्दै अध्यक्ष यादवले वडा नम्बर ५ मा स्वास्थ्य चौकीको पनि आवश्यक रहेको भन्दै यसका लागि वडाले जग्गा उपलब्ध गराउँदा प्रतापपुर गाउँपालिका आवश्यक बजेट बिनियोजन गरिने बताए । १२ करोड लागतमा प्रतापपुर गाउँपालिका प्रशासनिक भवन निर्माण कार्य सम्पन्न लगभग भइसकेको छ केही दिनमा प्रशासनिक भवन उद्घाटन गरी पालिकाको सम्पूर्ण प्रशासनिक कार्य आफ्नो निजी भवनबाट सञ्चालन ल्याउने र हामिले आउने दिनमा परासी बाट सेवा प्रभाव हुदै छ आफनो पालीका बाट प्रभाव गर्न नापी कार्यालयको देखि ति सम्पूर्ण कार्य पालिका बाट प्रभाव गर्ने सुविधा सम्पन्न भवन नहुँदा सेवाप्रवाहमा समस्या भएको भन्दै अध्यक्ष यादव अब भवन निर्माणसँगै सेवा प्रवाह पनि सहज हुनेमा विश्वास व्यक्त गरे । गाउँपालिकाले भौतिक पूर्वधार निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा पनि प्राथमिकताका साथ काम गरेको अध्यक्ष यादवले बताए ।एकैपटक सबै काम गर्न नसकिएको पनि धेरै काम गरिरहेका छौं ।
’उनले गाउँपालिकामा सम्म पुग्ने रिङरोड परिकल्पना यो वर्ष ६ किलोमिटर निर्माण गरेका आउँदो आर्थिक वर्षमा अझै बढाउँदै लैजाने बताएका छन । १ करोड ९४ लाख सात सय ५७ रुपैयाँको लागतमा बदौली वडा कार्यालय दुई तल्ले भवन निर्माण भएको प्रतापपुर गाउँपालिका –५ का वडाअध्यक्ष रमेश कानु बानिया बताए । नयाँ वडा कार्यालय निर्माणसँगै अब वडा तहको कार्यसम्पादन अझ व्यवस्थित हुँदै जाने उनले बताए ।
प्रतापपुर–५ का वडाअध्यक्ष रमेश कानु बानिया अध्यक्षता, गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादव। यादवको प्रमुख आतिथ्यता, गाउँ कार्यपालिका सदस्य शुभवती पासीको स्वागत तथा वडा सचिव राहुल यादवको सञ्चालनमा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चौधरी।, स्वास्थ्यका प्रमुख ,सन्तोष , कुशवाहा , प्रविधिक शाखा प्रमुख आनन्द यादव , सुचना शाखा अधिकृत, विजय पान्डे, समाजसेवी अनुज यादव इन्द्रजित यादव रिजाउदिन मिया लगायतको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak