Developed By Kuldeep Sharma

February 5, 2025

सुस्तामा १ बर्षका लागी निशुल्क बिद्युत उपलब्ध गराउन पहल

सुस्ताबासीलाई एक बर्ष सम्म निशुल्क रुपमा बिद्यूत उपलब्ध गराउने बिषयमा थप पहल थालिएको छ । यसका लागी लुम्बिनी प्रदेश सरकार अन्तर्गत बन तथा वातावरण मन्त्री एवंम् नवलपरासीबाट निर्वाचित प्रदेश सांसद देवकरण प्रसाद कलवार सन्तु सहितको अगुवाइमा र सुस्ता बचाउ अभियानको टोली सहित टोलीले उर्जा ,जलस्रोत तथा सिचाइ मन्त्री दिपक खड्कालाई मन्त्रालयमा छलफल गरी सो पहल अघि बढाएको हो ।


छलफलको क्रममा मन्त्री खड्काले सुस्ताबासीको हकमा १ वर्ष बिधुत निशुल्क गर्ने भनि बोर्ड बैठक बसि निर्णय भइसकेको अब छिट्टै नै सम्बन्धित निकायमा कार्यानयन हुने बारे प्रतिबद्धता ब्यक्त गर्नुभएको छलफलमा सहभागी सुस्ता बचाउन अभियानका प्रवत्ता रवीन्द्र जयसवालले जानकारी दिनुभयो ।


सो छलफलमा सुस्तापारी बाढीबाट क्षति भएको तटबन्ध कार्यको मर्मत सम्भारका लाी आवश्यक पलह गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको टोलीमा सहभागी सुस्ता बचाउन अभियानका कार्यवहाक अध्यक्ष आदम खांले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak