अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) कम्प्याक्ट अन्तर्गत बन्ने प्रशारण लाईनका लागी पश्चिम नवलपरासीमा टावर रहने जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ । साढे २१ करोड मुआब्जा मध्ये ७ करोड मात्र भुक्तानी बाँकि छ । १ सय २४ जनाले मुआब्जा पाउनुपर्नेमा ९४ जनाको खातामा पैसा गईसकेको छ । बाँकि भुक्तानी पनि जग्गाधनिकै समस्याका कारण बाँकि रहेको एमसिए नेपालले जनाएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) अन्तर्गत बन्ने प्रशारणलाईनका लागी टावर निर्माण गर्न जग्गाको अवस्था हेरिकन प्रतिकठ्ठा ९ लाख १४ हजार देखि ७३ लाख ६७ हजार सम्म रकम भुक्तानी गरिएको छ । साना ठुला दुई प्रकारका टावर निर्माणका लागी १ कठ्ठा ८ धुर देखि २ कठ्ठा सम्म जग्गा अधिग्रहण गरिएको छ ।
लप्सीफेदिबाट सुरु हुने ३ सय १५ किलोमिटर लामो प्रशारण लाईन अन्र्तगत नवलपरासीमा पर्ने ३३ किलोमिटर प्रशारणलाईनका लागी १ सय २ वटा टावर निर्माण हुने छ । जसमध्ये सुनवल सुर्यबस्तीमा रहेको सवस्टेशन देखि पाल्हीनन्दन सम्म कुल १८ दशमलव २ किलोमिटरमा बन्ने ५४ वटा टावरको मात्र मुआब्जा वितरण भएको हो । टावर रहने स्थानको मुआब्जा टुंगो लागेर वितरण भईरहेपनि तारमुनीको जग्गाको भने क्षतिपुर्ति मुल्याकंन हुन बाँकि छ । जसका लागी सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मुल्याकंन समिति बनेकाले ३५ दिन भित्र तारमुनीको जग्गाको मुल्याकंन गरी क्षतिपुर्ति सिफारिस गर्ने प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले बताउनुभयो ।
यसैबिच तारमुनीको जग्गाको मुल्याकंन नहुदै जग्गाधनिहरु भने जग्गाको क्षतिपुर्ति नभई जग्गाको मुआब्जा पाउनुपर्ने भन्दै स्थानिय तहमाथी दबाब सृजना गर्न थालेका छन् । किसान संर्घष समिति बनाएर हाईटेन्सन लाईनको तारमुनि जग्गा पर्ने जग्गाधनिहरुले टावरको जग्गा जस्तै आफुहरुले पनि पुरा क्षतिपुर्ति पाउनुपर्ने माग गरेका छन् । रामग्राम नगरपालिकामा जनप्रतिनिधि सहितको टोली संग भएको छलफलमा जग्गाधनिहरुले तारमुनीको जग्गाको उपयोगिता नहुने भन्दै क्षतिपुर्ति नभए मुआब्जा दिनुपर्नेमा माग गरेका हुन् । संघर्ष समितिका अध्यक्ष मनोज मौर्यले स्थानिय तहका जनप्रतिनिधिले यसमा भुमिका खेल्नुपर्ने भन्दै उचित क्षतिपुर्ति पाउनुपर्ने माग गर्नुभयो । सो क्रममा नगर प्रमुख धनपत यादवले जग्गाको खनजोत गर्दे आएको र त्यहि जग्गाको भरमा जिविकोपार्जन गर्दे आएका किसानहरु मारमा पर्ने विषयमा आफु जानकार रहेको बताउदै नगर प्रमुख यादवले बढि भन्दा बढि क्षतिपुर्तिका लागी पहल भईरहेको बताउनुभयो । बर्दघाट देखि पाल्हीनन्दन सम्म विस्तार हुने प्रशारण लाईनको तारमुनि ९ सय ५० जनाको जग्गा पर्ने बताईएको छ ।
प्रतिक्रिया