Developed By Kuldeep Sharma

माघ २४, २०८१

फुटवलको महाकुम्भ : ९ औं सस्करणको सुर्यनगर गोल्डकप फाल्गुन ७ गतेबाट

नवलपरासी,पश्चिम्

आकर्षक पुरस्कार राशी सहितको नवौं सस्करणको सुर्यनगर गोल्डकप बिगतका बर्षहरुझै फाल्गुन ७ गते बाट सुरु हुने भएको छ ।

नवयुवा क्लब बर्दघाट १६ को आयोजना र बर्दघाट नगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुने फुटबल प्रतियोगिता सञ्चालनका लागि यतिबेला सुर्यनगर रंगशाला सजिसजाउको काम भैरहेको छ भने माटो फिलिङ,प्याराफिट रङरोगन लगायतका काम सम्पन्न भैसकेको छ ।

यसपटकको प्रथम पुरस्कार राशी ६ लाख ६६ हजार ६ सय ६६ रुपैया हुनेछ भने द्वितीय पुरस्कार राशी ३ लाख ३३ हजार तीन सय ३३ रुपैयाँ रहने बर्दघाट नगरपालिका वडा नम्बर १६ का अध्यक्ष भिमकाजी गुरुङले जानकारी दिनुभयो ।८ औ सस्करण सम्म प्रथम पुरस्कार ५ लाख र द्वितीय पुरस्कार ३ लाख रहेकोमा अहिले वृद्धि गरिएको आयोजकले जनाएको छ ।

गोल्डकप सञ्चालनका लागि बर्दघाट नगरपालिकाले १० लाख रुपैया बिनियोजन गरेको छ ।फाल्गुन ७ गते उद्घाटन खेल हुने भएकाले पुर्वतयारी स्वरुप मुलतः ब्यवसायी,संघ सस्था, सहयोगी मानुभावहरु,स्थानिय पालिकाहरुमा आर्थिक संकलनका कामहरु भैरहेको नव युवा क्लबका अध्यक्ष धन सिंह चितौरेले बताउनु भयो ।

सुर्यनगर गोल्डकपलाई बर्दघाट नगरपालिका र यस क्षेत्रको समग्र परिचयको रुपमा लिने गरिन्छ भने आम खेलप्रेमी र खेलाडीहरुले पनि यसलाई फुटबलको महाकुम्भको रुपमा लिने गर्दछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By kosikhabar