‘गजेन्द्रमोक्ष मुक्तिनाथ रथयात्रा‘ आज पश्चिम नवलपरासीमा
पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, ३ कार्तिक । विश्वशान्ति, राष्ट्रकल्याण र सनातन धर्मसंस्कृतिको संरक्षण–संवर्धनको उद्देश्यका साथ सुरु गरिएको ‘गजेन्द्रमोक्ष मुक्तिनाथ रथयात्रा’ आज पश्चिम नवलपरासीको परासीमा आइपुगेको छ।
स्वामी मुक्तिनाथ बाबा (कमलनयनाचार्य) को सत्संकल्पमा मुक्तिनाथ धाममा आयोजित ६ महिने महायज्ञको विसर्जनपश्चात् गजेन्द्रमोक्षनारायण भगवानलाई लिएर यो रथयात्रा यात्रा देशव्यापी रूपमा अघि बढिरहेको छ।
मुक्तिनाथ धामबाट सुरु भई गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरू (बाग्लुङ, पर्वत, स्याङ्जा, तनहुँ, कास्की, चितवन, पाल्पा, , कपिलवस्तु, रुपन्देही हुदै रथयात्रा टोली पश्चिम नवलपरासीको परासी आइपुगेको हो।
रथयात्रा टोली परासी आइपुगेको अवसरमा स्थानीय धर्मप्रेमी भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको छ । परासीस्थित लक्ष्मीनारायण मन्दिरमा विशेष धार्मिक अनुष्ठान सम्पन्न गरिने छ ।
स्वामी मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी कृष्णप्रपन्नाचार्यका अनुसार २० जनाको टोलि यो रथयात्रा नवलपुर हुँदै अन्ततः गजेन्द्रमोक्ष धाम त्रिवेणीमा आजै समापन हुने कार्यक्रम रहेको छ।
आयोजकका अनुसार रथयात्राले सम्पूर्ण गण्डकी तटवर्ती पवित्र भू-भागका साथै देशभरका श्रद्धालु नेपालीहरूका घर-घरमा पुगी धार्मिक प्रेम र राष्ट्रिय एकताको भाव फैलाउने लक्ष्य राखेको छ।
तस्बिर- ‘गजेन्द्रमोक्ष मुक्तिनाथ रथयात्रा’
प्रतिक्रिया