Developed By Kuldeep Sharma

September 29, 2025

प्रतापपुर–७ जगतपुराबाट  ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

पश्चिम नवलपरासीको प्रतापपुर–७, जगतपुराबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ (पडाका) सहित एक थान मोटरसाइकल बरामद भएको छ। प्रहरी चौकी बसहियाका प्रहरी नायब निरीक्षक सञ्जय यादवको नेतृत्वमा खटिएको टोलीले विशेष निगरानीका क्रममा  सनिबार साँझ उक्त सामानहरू नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएको करिब मूल्य रु. १ लाख १८ हजार बराबर विस्फोटक पदार्थ (पडाका) र मोटरसाइकलको रहेको प्रहरीले जनाएको छ।बरामद गरिएका सम्पूर्ण विस्फोटक पदार्थ (पडाका) लाई नष्ट गरिने प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak