नवलपरासी – जनमत पार्टी, नवलपरासीले सुस्ता गाउँपालिकामा आफ्नो पालिका समिति पुनर्गठन गरेको छ। सम्पन्न एक कार्यक्रमका बीच शत्रुधन यादवको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो।
जनमत पार्टी, नवलपरासीको आयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता जिल्ला संगठन विभाग प्रमुख खगेश्वर थारुले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सचिव बालगोबिन्द चौधरी र विशिष्ट अतिथि केन्द्रीय सदस्य मनोज कुसवाहा हुनुहुन्थ्यो।
समिति पुनर्गठन कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य सन्तोष गिरि र असरफ अली चुरिहार, जिल्ला सचिवहरू कैलाश गुप्ता, कृष्ण कन्हैया लाल कुर्मी, सिकेन्द्र गुप्ता, सन्दीप राजभर र रन्जित यादव लगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो।
नयाँ समितिले सुस्ता गाउँपालिकामा पार्टीको संगठनलाई थप सशक्त र विस्तार गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमको सञ्चालन शैलेश कुमार चौधरीले गर्नुभएको थियो।
प्रतिक्रिया