नवलपरासी, साउन १६ गते। संघीय सांसद विनोद चौधरीले पश्चिम नवलपरासीको बर्दघाटमा भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्नुभएको छ। भूमि समस्या समाधान आयोग, जिल्ला समिति पश्चिम नवलपरासीले आयोजना गरेको यस कार्यक्रममा भूमिहीनहरूलाई लालपुर्जा प्रदान गरिएको हो।
कार्यक्रममा बोल्दै सांसद चौधरीले यो जग्गाधनी पुर्जा केवल एउटा कागजको टुक्रा नभई व्यक्तिगत जीवनको आगामी दिनहरूको खाका कोर्ने योजना भएको बताउनुभयो। उहाँले आयोगले निष्पक्ष र पारदर्शी रूपमा काम गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो। लामो समयदेखि भूमिहीनको रूपमा बसोबास गर्दै आएकाहरूले जग्गाधनी पुर्जा पाउनु गर्वको विषय भएको र यसले भविष्यका लागि योजना बुन्ने बाटो खुलेको विचार राख्नुभयो।
कार्यक्रममा भूमि आयोगका जिल्ला अध्यक्ष लालबहादुर गुरुङले पनि आयोगले निष्पक्ष र प्रभावकारी रूपमा काम गर्दै आएको जानकारी दिनुभयो।
बर्दघाटमा १०० भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण हो। यस वितरणले भूमिहीन परिवारहरूको जीवनमा ठूलो सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया