Developed By Kuldeep Sharma

July 13, 2025

जनमत पार्टी, प्रतापपुर गाउँपालिका अध्यक्षमा धर्मेन्द्र हरिजन चयन

पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकाको जनमत पार्टीको अध्यक्षमा धर्मेन्द्र हरिजन चयन हुनुभएको छ।  प्रतापपुरमा भएको संगठन विस्तार तथा पुनर्गठन कार्यक्रममा हरिजन चयन हुनुभएको हो।

समितिका अन्य पदाधिकारीहरू यस प्रकार छन्:

  • उपाध्यक्ष: लिलावती देवी लोनिया
  • सचिव: आलम शेष
  • कोषाध्यक्ष: भूषण यादव
  • सदस्यहरू: पियारे गुप्ता, जोखु प्रसाद चौधरी, पष्पेन्द्र यादव, गौरी शंकर लोनिया, सलहन्ति बिन, जयराम लोनिया, ईस्लायल असारी, प्रमोद यादव, स्वामी प्रसाद केवट, पदम नारायण चौधरी, कैलाश पासी लगायत।

कार्यक्रम जनमत पार्टी नवलपरासीका अध्यक्ष कृष्णकान्त चौधरीको अध्यक्षता तथा जनमत पार्टीका केन्द्रीय सचिव भूपेन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा लुम्बिनी प्रदेश सांसद चन्द्रकेस गुप्ता, केन्द्रीय सचिव बालगोविन्द चौधरी, असरफ अलि, रणजीत यादव, शत्रुधन यादव लगायतले बोल्नुभएको थियो।

प्रमुख अतिथि भूपेन्द्र यादवले कार्यक्रममा बोल्दै कार्यकर्ताहरूलाई मधेशको वैकल्पिक पार्टी निर्माण गरी अगाडि बढ्न निर्देशन दिनुभयो। उहाँले मधेशमा धेरै पार्टीहरू भए तापनि मधेशको मुद्दा जनमत पार्टीले मात्रै उठाउँदै आएको र मधेशको हकअधिकारका लागि सधैँ लडिरहेको बताउनुभयो। उहाँले मधेशको हकअधिकारका लागि सडकदेखि संसद भवनसम्म लडिरहने बताउनुभयो। आगामी निर्वाचनमा मधेशको पहिलो पार्टी बनाउन गाउँगाउँमा प्रचारप्रसार तथा संगठन विस्तार गरिनुपर्ने कुरामा जोड दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak