Developed By Kuldeep Sharma

July 5, 2025

वृक्षारोपण कार्यक्रम मन्त्री प्रसाद कलवार

वृक्षारोपण कार्यक्रम मन्त्री प्रसाद कलवार
नवलपरासी सुस्ता गाउँपालिका–२, कुमारवर्ती सामुदायिक वनमा ४ हेक्टर क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री, माननीय देवकरण प्रसाद कलवार रहनुभएको थियो । उहांले वृक्षारोपणमा सहभागी हुँदै पर्यावरण संरक्षणको महत्त्व वारे बताउनुभयो ।
सो अवसरमा मन्त्री कलवारले कुमारवर्ती सामुदायिक वनमा, ४ हेक्टर क्षेत्रमा वृक्षारोपण कार्यक्रमको सफलता देख्दा अत्यन्तै हर्षित छु भन्नुभयो । यो केवल बिरुवा रोप्ने कार्यक्रम मात्र होइन, यो हाम्रो भविष्य रोप्ने कार्य हो, वातावरण संरक्षणको महाअभियानमा एउटा महत्त्वपूर्ण कदम हो । भन्नुभयो
हामी सबैलाई थाहा छ, वातावरण हाम्रो जीवनको आधार हो । स्वच्छ हावा, शुद्ध पानी र स्वस्थ माटो बिना मानव जीवन सम्भव छैन। तर, बढ्दो जनसङ्ख्या र अव्यवस्थित विकासका कारण हाम्रो वातावरणमाथि ठूलो चुनौती आइपरेको छ। वन विनाश, जलवायु परिवर्तन र जैविक विविधताको ह्रासले हामीलाई सचेत गराएको छ। यस्तो अवस्थामा, वृक्षारोपण कार्यक्रमको महत्त्व झनै बढेको छ ।


रुखहरूले हामीलाई अक्सिजन दिन्छन्, कार्बनडाइअक्साइड सोसेर हावा शुद्ध बनाउँछन्। यति मात्र होइन, यिनीहरूले माटोको कटान रोक्छन्, भूमिगत जलस्तर बढाउँछन् र अनगिन्ती जीवजन्तुका लागि वासस्थान प्रदान गर्छन्। त्यसैले, एउटा बिरुवा रोप्नु भनेको प्रकृतिलाई सम्मान गर्नु हो, आगामी पुस्तालाई सुरक्षित भविष्य हस्तान्तरण गर्नु हो ।
यस कुमारवर्ती सामुदायिक वनले यो उदाहरणीय कार्य गरेर सम्पूर्ण देशलाई वातावरण संरक्षणमा अग्रसर हुन प्रेरणा दिएको छ । स्थानीय समुदायको सक्रिय सहभागिता बिना यस्ता कार्यक्रमहरू सफल हुन सक्दैनन ्। म यहाँ उपस्थित प्रत्येक व्यक्तिलाई उहाँहरूको योगदानका लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु। तपाईंहरूको लगनशीलता र सक्रियताले गर्दा नै आज यो कार्यक्रम यति भव्यताका साथ सफल भएको छ ।


हामी लुम्बिनी प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालय सधैँ पर्यावरण संरक्षण र दिगो विकासका लागि प्रतिबद्ध छौ ँ। हामी यस्ता सामुदायिक वनहरूको सशक्तीकरण र वनमा आधारित जीविकोपार्जनका अवसरहरू सिर्जना गर्न हरदम तयार छौँ । हामी विश्वास गर्छौं कि स्थानीय समुदायको सहभागिता नै वन संरक्षणको मेरुदण्ड हो ।
रुख रोप्नु मात्र ठूलो कुरा होइन, त्यसलाई हुर्काउनु र जोगाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ। हामीले रोपेका यी बिरुवाहरूलाई नियमित स्याहार गरेर ठूला रुख बनाऔं र यसलाई हरित र समृद्ध नवलपरासीको प्रतीक बनाऔं ।
यस अवसरमा स्थानीय निकायका प्रतिनिधि, वन विभागका अधिकारी, सामुदायिक वनका सदस्य तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रमले कुमारवर्ती सामुदायिक वनको हरित विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ।
वृक्षारोपणले वातावरण सन्तुलन, माटोको कटाव रोकथाम र जैविक विविधता संरक्षणमा मद्दत गर्दछ । यस्ता पहलहरूले स्थानीय समुदायलाई प्रेरित गरी टिकाऊ पर्यावरणीय अभ्यासलाई बढावा दिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak