बुटवल/ – नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको महत्वपूर्ण बैठक यही सम्पन्न भएको छ। बैठकले प्रदेशको समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक संगठन सुदृढीकरण, र भावी कार्यदिशाबारे महत्वपूर्ण निर्णयहरू गरेको माहामन्त्री बिक्रम खनालले दिनुभयो । .बैठकमा माहामन्त्री खनालले प्रस्ताव पेस गर्नुभएको थियो।
बैठकका मुख्य निर्णय तथा धारणा:
१. समसामयिक राजनीतिक र सांगठनिक विषयमा:
• बैठकले प्रदेश सरकारमा रहेका माननीय मन्त्रीहरूलाई आम जनता र नेपाली कांग्रेस पार्टीप्रति उत्तरदायी बनी पार्टीको परामर्शमा रहेर अनुशासित, मर्यादित एवं सुयोग्य तरिकाले कार्य सम्पादन गर्न निर्देशन दिएको छ।
• वर्तमान जनमतको सम्मान गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारीपछि प्राप्त उपलब्धीको रक्षा र सुशासन कायम गर्दै संघीयतालाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिएको छ।
• प्रदेश कार्यसमिति बैठकमा समयसापेक्ष विषयमा खुल्ला छलफल गरी, वर्तमान गठबन्धन र सरकार सञ्चालनमा देखिएका जटिलताका बारेमा गम्भीर समीक्षा गरिएको छ। पार्टी र जनप्रतिधिमूलक निकायबीच समन्वय अभावबारे चिन्ता व्यक्त गर्दै जनप्रतिधिहरूलाई पार्टीप्रति जवाफदेही बनाउन निर्देशन दिइएको छ।
• नेपाल सरकारको बजेट निर्माणको सन्दर्भमा प्रदेश सहभागितामा हस्तक्षेप भएको भन्दै आपत्ति जनाइएको छ र दिगो विकासको अवधारणालाई उपेक्षा गरिएकोमा असन्तुष्टि व्यक्त गरिएको छ।
२. संगठनात्मक सुदृढीकरण:
• पार्टीले क्रियाशील सदस्यताको नवीकरण र नयाँ सदस्यता वितरणको कामलाई यथाशीघ्र सम्पन्न गर्न तथा लुम्बिनी प्रदेशका सबै जिल्ला कार्यसमितिहरूलाई सोही अनुसार निर्देशन दिने निर्णय गरेको छ।
• आसन्न स्थानीय तह निर्वाचनलाई ध्यानमा राख्दै विपद् व्यवस्थापन र राहत कार्यका लागि जिल्ला समितिहरूलाई पूर्व तयारीमा रहन निर्देशन दिइएको छ।
• अनुशासनहीनता रोक्नका लागि पार्टी कार्यसमितिको बैठकमा लगातार दुई पटकसम्म अनुपस्थित हुने सदस्यहरूलाई कारबाही गर्ने प्रावधान लागू गर्न अनुरोध गरिएको छ।
• केन्द्रीय, प्रदेश र जिल्ला तहमा राजनीतिक नियुक्ति गर्दा पार्टीका निर्णय र मापदण्डलाई वैज्ञानिक र न्यायसंगत बनाउनुपर्नेमा जोड दिइएको छ।
३. विविध निर्णयहरू:
• बैठकले पार्टीको हरेक तहका कार्यसमिति सदस्यहरूलाई सक्रिय बनाई संगठनलाई थप चलायमान बनाउन निर्देशन दिएको छ।
• रोेजगार र अध्ययनका लागि विभिन्न सिलसिलामा विदेशमा रहेका नेपालीहरूलाई पार्टी संगठनमा आबद्ध गराउन भूमिका खेल्न आग्रह गरेको छ।
• लुम्बिनी प्रदेशको पाल्पा, तानसेन नगरपालिका वडा नं. ७ निवासी भूतपूर्व सैनिक अर्जुन थापामगर सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल भएकोमा उहाँलाई बधाई ज्ञापन गरिएको छ।
बैठकले नेपाली कांग्रेस लुम्बिनी प्रदेशलाई थप क्रियाशील र जनमुखी बनाउँदै आगामी दिनमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ
प्रतिक्रिया