Developed By Kuldeep Sharma

असार १३, २०८२

केराको मूल अभिवृद्धि तथा प्राविधिकरण क्षमता वृद्धि तालिम

खुरसेद हजाम/प्रतापपुर/असार १३
प्रतापपुर । प्रतापपुर–९, पजारकट्टीमा सञ्चालित केराको मूल अभिवृद्धि तथा प्राविधिकरण क्षमता वृद्धि तालिम सम्पन्न भएको छ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना‌ एकाइ रूपन्देही परियोजना एकाइ नवलपरासीको आयोजनामा केराको मूल अभिवृद्धि तथा प्राविधिकरण क्षमता वृद्धि तालिम केराको रेसाबाट विभिन्न किसिमका सामग्री बनाउने तालिम जेठ २९ गते देखि असार १२ गते सम्म १५ दिन तालिमको प्रतापपुर गाउँपालिका वडा नम्बर ९ समुदायिक भवन सञ्चालन भएको तालिममा प्रतापपुर गाउँपालिका भरिका विभिन्न वडाका २० जना महिला किशोरीहरु सहभागिता थियो।

तालिमको समापन गर्दै प्रतापपुर गाउँपालिका प्रमुख उमेश चन्द्र यादवले हामीले उत्पादन गरेको केराको खेर जाने बोटबाट विविधिकरण गरी केराको रेसा उत्पादन गर्न सकिने भएकाले उत्पादक क्षेत्र वृद्धि गर्नुपर्नेमा जोड दिए । केराको थामबाट फाइबर, डोरी, धागो, कपडा, सेनेटरी प्याड, हस्तशिल्प र जैविक मालजस्ता उत्पादन गरी रोजगारी सिर्जना गर्न सकिने भएकाले यसतर्फ सबैले ध्यानकेन्द्रित गर्नुपर्ने बताए ती उत्पादन भएका सामग्रीहरूलाई बजारीकरण व्यवस्था प्रतापुर गाउँपालिकाले सहजीकरण गर्दिने र र प्रतापपुर गाउँपालिका त्यस्ता तालिम प्राप्त महिला किशोरी एउटा समूह बनाई केराको थामबाट यस्ता सामग्री बनाउने प्रपोजल पेश गर्दा प्रतापपुर गाउँपालिका सहयोग गर्ने प्रतिबद्धता दिँदै अहिलेको अधिवेशनमा प्रतापपुर गाउँपालिका बालविवाह रोक्नकाना लागि उमेर पुगेका छोरीको विवाह गर्दा प्रतापपुर गाउँपालिकाले २१ हजार आर्थिक सहयोग गर्ने बताउनुभयो।

प्रधानमन्त्री आधुनिकरण कृषि परियोजनाका संयोजक युवराज कुशवाहाले किसानहरुलाई केरा उत्पादनसँगै खेर गएको केराको बोटबाट उत्पादित रेशम बनाउने तालिम लिएका त्यस्ता उद्यमीलाई केराको बोट बाट रेसम उत्पादनका लागि आवश्यक पर्ने मेसिनलगायतमा सहयोग गर्न तयार रहेको बताए ।

त्यसैगरी प्रधानमन्त्री कृषि विकास परियोजना रूपन्देही र नवलपरासी का प्रमुख नारायण काफ्ले प्रतापपुर सुस्ताका केरा किसानले केरा खेती गरिँदै आएको र यसका डाँठ, पात र थामबाट फाइबर, डोरी, धागो, सेनेटरी प्याड, हस्तशिल्प र जैविक मलजस्ता उत्पादन गर्न सकिने बताए । केराको फोहरबाट पर्यावरणमैत्री, रेसा उत्पादनहरूमा रूपान्तरण गर्न मेसिनसहित किसानहरुलाई प्रशिक्षण गरिएको उनले बताए ।
तालिममा २० जना महिला किशोरी सहभागिता रहेको थियो । उनीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
आर्थिक सम्भाव्यताको अन्वेषण, दिगो उत्पादन र उद्यमहरूलाई प्रवर्द्धन गर्ने र हरित रोजगारीमार्फत स्थानीय समुदायहरूलाई आयआर्जनका अवसरहरू प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना रूपन्देही नवलपरासी का प्रमुखका अध्यक्ष नारायण काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमको संयोजकमा जीवन डुम्रे नवलपरासी पश्चिम घरेलु प्रमुख सुस्ता कृषि शाखा प्रमुख जिल्ला जिल्ला कृषि ज्ञान केन्द्रका प्रतिनिधि उपस्थित रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By kosikhabar