Developed By Kuldeep Sharma

June 23, 2025

सुनवल नगरपालिकाद्वारा बजार अनुगमन, अवैध घ्यु, मह र विषादी जफत

सुनवल, . सुनवल नगरपालिका नगरकार्यपालिकाको बजार अनुगमन समितिले आज भुमही क्षेत्रमा सफलतापूर्वक बजार अनुगमन सम्पन्न गरेको छ।बजार अनुगमन समितिकी संयोजक सीता तिमिल्सिनाको संयोजकत्वमा सम्पन्न यस अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, वडा नं. १२ का अध्यक्ष चुरामणी पौडेल, प्रादेशिक प्रयोगशाला परासीका वरिष्ठ पशु चिकित्सक भरत काफ्ले, सुनवल नगरपालिकाका प्रशासकीय अधिकृत खेमराज ढकाल, पशु शाखा प्रमुख मिश्रिप्रसाद खड्का, उद्योग वाणिज्य संघ सुनवलका वाणिज्य उपाध्यक्ष होमनाथ न्यौपाने, उपभोक्ता हक हित संरक्षण मञ्च सुनवलका अध्यक्ष विष्णुप्रसाद पौडेल, नगर निरीक्षक दिपक तिवारी लगायतको उपस्थिति थियो।

आजको अनुगमनमा मुख्यतयाः मासु पसल, दुग्ध डेरी र भेटनरीहरूको निरीक्षण गरियो। अनुगमनका क्रममा कानुनविपरीत सञ्चालित व्यवसायहरूलाई सचेत गराउँदै आवश्यक निर्देशन दिइएको छ। यसका साथै, बिना लेबल र इजाजत बेगर बेच्न राखिएका घ्यु, मह र विषादी जफत गरिएको सुनवल नगरपालिकाले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak