Developed By Kuldeep Sharma

June 13, 2025

काठमाडौंका पाँच अस्पतालमा समानुभुति नेपाल टिमले अति विपन्न बिरामी तथा कुरुवाका लागि निःशुल्क भोजन सेवा।

काठमाडौं ,  – राजधानीका विभिन्न पाँच अस्पतालमा अति विपन्न बिरामी र उनीहरूका कुरुवाका लागि सहानुभूति नेपालले निःशुल्क भोजन सेवा नियमित रूपमा खाना खुवाउँदै आएको छ। दुरदराजबाट उपचारका लागि काठमाडौं आउने र आर्थिक अभावमा परेका बिरामी तथा कुरुवालाई लक्षित गर्दै प्रदान गरिएको यो सेवा दैनिक ७०० जनालाई उपलब्ध हुने सहानुभूति नेपालको अध्यक्ष तुलसी श्रेष्ठ जानकारी दिनुभयो।

निशुल्क भोजन सेवा निम्न समय र अस्पतालहरूमा प्रदान गरिँदै आएको छ:
१. वीर अस्पताल – बिहान ९:१५ देखि १०:०० बजेसम्म, दैनिक २५० जनाको लागि।
२. कान्ति बाल अस्पताल – बिहान १०:२० देखि १०:५० बजेसम्म, ७५ जनाको लागि।
३. गङ्गालाल मुटु अस्पताल – बिहान ११:०० देखि ११:३० बजेसम्म, १५० जनाको लागि।
४. किर्तिपुर बर्न अस्पताल – बेलुकी ५:३० देखि ६:०० बजेसम्म, ७५ जनाको लागि।
५. राष्ट्रिय ट्रमा सेन्टर – बेलुकी ६:३० देखि ७:०० बजेसम्म, १५० जनाको लागि।
यस सेवाले आर्थिक अवस्था कमजोर भएकाहरूको उपचारमा सहजता ल्याउने अपेक्षा गरिएको छ। सेवाबाट लाभ उठाउनेहरूलाई तोकिएको समयमै सम्बन्धित अस्पतालमा उपस्थित हुन आयोजक पक्षले अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak