नवललपरासी । नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का सांसद बिनोद चौधरी र भारत बिहार प्रदेश, पश्चिमी चम्पारण जिल्ला, बाल्मीकिनगर विधानसभा क्षेत्र नम्बर १ का प्रदेश सांसद धिरेन्द्र प्रताप सिंह (रिंकु सिंह) बीच शिष्टाचार भेटघाट भएको छ ।
नवलपरासीको बर्दघाट बेलाहानी स्थित चौधरीको सचिवालयमा सांसद चौधरी र सिंहबीच शिष्टाचार भेटघाट भएको हो । उक्त भेटघाटमा सांसदद्धय चौधरी र सिंहले विकास निर्माण कार्यमा सहकार्यको प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
सो क्रममा सांसद चौधरील बिशेष गरी नारायणी नदी र गण्डक क्षेत्रको विविध समस्या समाधान गर्न सांसद सिंहलाई सहकार्यका लागी आग्रह गर्नुभयो । सो क्रममा सांसद सिंहले सो सहकार्यका लागी आफु तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।
भेटका क्रममा दुई देशको हितमा सहकार्य गरी विकास निर्माणका काम गर्ने प्रतिबद्धता सांसदद्वय चौधरी र सिंहले व्यक्त गर्नुभएको थियो । यस भेटघाटले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया