नवलपरासी । पश्चिम नवलपरासीमा ७ सय १७ घरपरीवार भूमिहीन नागरिकका लागि आवास निर्माणका लागी पहिलो चरणको काम शुरु भएको छ । थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टर द्वारा ’भूमिहिन नागरिकको लागि आवास निर्माण’“ कार्यक्रम अन्तर्गत प्रति भुमीहिन घरपरिवार एक कठ्ठा जग्गा सहित तयारी अवस्थाको चार कोठे घर निमार्ण गरि हस्तान्तरण गरिने भएको हो ।
बिशेष गरी जिल्लामा ३० बर्षदेखी भूमिहीन अवस्थामा रहेको घरपरिवारलाई जग्गा सहित घरउपलब्ध गराईने छ । प्रति घर करिव ५ लाख रुपैयाको लागतमा चार कोठे घर निमार्ण हुने थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरकी सदस्य एवंम् कार्यक्रम फोकल पर्सन आशा चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रम अनुसार पश्चिम नवलपरासीमा नगरपालिका तर्फ बर्दघाट ,रामग्राम , सुनवल तथा गाउँपालिका तर्फ सुस्ता , पाल्हीनन्दन प्रतापपुर , सरावलमा यो कार्यक्रम मार्फत ७ सय १७ भूमिहीन नागरिकका लागि आवास निर्माण गर्ने लक्ष्य छ । थारु मिलन केन्द्र नेपालले उपदान कलेन्सन सेन्टर मार्फत पश्चिम नवलपरासीमा रहेका भूमिहीन थारु लगायतका नागरिकहरूका लागि घर बनाउने पहल गरिरहेको छ । यो सामाजिक उत्थानको परियोजना होे ।
थारु मिलन केन्द्र नेपालका पुर्व अध्यक्ष एवंम् उपदान कलेक्सन सेन्टरका सदस्य राधेश्याम चौधरीका अनुसार सात वटै पालिकामा जग्गा खरिद गरी ब्यवस्थीत बस्तीको रुपमा भमीहीन परिवारलाई एकै स्थानमा आवास निमार्ण गर्ने गरि योजना अघि बढाएको छ ।
थारु मिलन केन्द्र नेपालले उपदान कलेन्सन सेन्टर मार्फत पश्चिम नवलपरासीमा रहेका भूमिहीन थारु लगायतका नागरिकहरूका लागि घर बनाउने पहल गरिरहेको छ जसका लागी यस अगाबै विभिन्न स्थानमा एकिकृत प्रकृत्तिका जग्गा खरिद गरिसकिएको छ । थारु मिलन केन्द्र नेपाल, उपदान कलेक्सन सेन्टरको आयोजनामा पश्चिम नवलपरासी सात वटै पालिकामा भूमिहीन नागरिकका लागि आवास निर्माणका लागी आवश्यक काम अघि बढाईएको हो ।
घर निमार्णका लागी जिल्लाको सात वटै पालिकामा आवेदन माग प्रकृया अघि बढाईएको थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरकी लेखा अधिकृत अन्जली चौधरीले जानकारी दिनुभयो ।
उक्त कार्य अघि बढाउन थारु मिलन केन्द्र नेपाल, उपदान कलेक्सन सेन्टरको आयोजनामा पश्चिम नवलपरासीमा भूमिहीन नागरिकका लागि आवास निर्माण सम्बन्धी छलफल कार्यक्रमहरू सम्पन्न भएका छन् । सुस्ता गाउंपालिका अन्तर्गत वडा न. २ आयोजीत कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका भुमि समस्या समाधान आयोग पश्चिम नवलपरासीका अध्यक्ष लाल बहादुर गुरुङले विदेशमा रहेर काम गर्ने दाताहरुको आर्थिक सहयोगमा केन्द्र सञ्चालन रहेको चर्चा गर्दै थारु मिलन केन्द्रले भुमिहीनहरु माथि गरिएको दीर्घकालीन सोचले राम्रो परिणाम आउने कुरामा विश्वस्त रहेको बताउनु भयो ।
उहाँले मिलन केन्द्रद्वारा गरिने काम पारदर्शी र जवाफदेही रुपमा गर्न सकिए यसको परिणाम नतिजामुखी हुने धारणा राख्नुभएको थियो ।
थारु मिलन केन्द्र नेपालका सदस्य एवं सरावल गाउंपालिककाका पुर्व अध्यक्ष राधेश्याम चौधरीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै नेपालको संविधानमा नागरिकलाई गाँस,बास,कपासको ग्यारेन्टी हुनुपर्ने उल्लेख भएअनुसार भुमिहीन सुकुम्बासीले जग्गासहितको आवासको प्रबन्ध मिलाउने कार्य राज्यले नै गर्नुपर्ने भएपनि थारु मिलन केन्द्र नेपालले स्थानीय सरकार संग हातेमालो गरेर आवाससहितको भवन निर्माण गर्ने कार्यमा आफुहरु संस्थागत ढंगबाट अगाडि बढेको धारणा राख्नुभयो ।
सो अवसरमा सुस्ता गाउँपालिका २ का वडा अध्यक्ष कृष्णलाल मुखियाले मापदण्ड सहितको नीति बनाएर वास्तविक भुमिहीनहरुको पहिचान गरि तिनीहरुलाई टाढा नभई नजिकमै जग्गासहितको आवास प्रबन्ध गर्न सुझाव दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा त्रिवेणी गजेन्द्र मोक्ष क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले नेपालको संविधानमा उल्लेखित मौलिक हकलाई मूर्त रुप दिन मिलन केन्द्रले पवित्र उद्देश्यका साथ अगाडि बढिरहेको पाइला गन्तव्यमा पुग्ने विश्वास गर्नुभयो । २०७९ सालमा स्थापना भएको थारु मिलन केन्द्र नेपालले भुमिहीन नागरिकलाई ७१७ घर निर्माण गरि हस्तान्तरण गर्ने योजना रहेको कार्यक्रम सञ्चालक शत्रुघन प्रसाद चौधरीले जानकारी दिनुभएको छ ।
सो अवसरमा थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य सुर्यमान प्रसाद चौधरी, सम्पर्क तथा भुआर्जन अधिकृत कमला पराजुली,थारु अगुवाहरु जितराम पञ्जियार,खिरीनारायण चौधरी,थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरकी सदस्य अञ्जली चौधरी लगायतले उपदान कलेक्सन सेन्टरबाट गरिएको गतिविधि र लक्ष्य,उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
सहभागी केन्द्रित प्रत्यक्ष अन्तरक्रिया कार्यक्रममा इन्द्रावती परियार,पार्वती चौधरी,कालीराम चौधरी,जानकी चौधरी, जित बहादुर थापा,सरस्वती मुसहर, करिना हरिजन लगायतले कार्यक्रमको विषयमा आफ्ना जिज्ञासा राख्ने बत्ताहरुले राज्यल गुर्नपर्ने कामलाई संस्थाले गर्न लागेको भन्दै खुसी ब्यक्त गरेका छन् ।
थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टर द्वारा यस अगाबै कैलाली , बर्दीयामा भूमिहीन नागरिकका लागि आवास निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।
प्रतिक्रिया