सांसद चौधरीद्धारा अस्पतालमा १६ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग
नवलपरासी । सांसद बिनोद चौधरीले पश्चिम नवलपरासीको बर्दघाट चौपत्तास्थित शहीद स्मृति सामुदायिक अस्पतालमा डायलाइसिस सेवा सञ्चालनका लागि खानेपानी व्यवस्थापनमा सहयोग गर्नुभएको छ । उहाँले अस्पतालमा १६ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
बर्दघाट नगरपालिकाले धुलिखेल सामुदायिक अस्पतालसँगको सहकार्यमा शहीद स्मृति सामुदायिक अस्पतालमा मिगौलाका बिरामीहरूका लागि डायलाइसिस सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ। संघीय सरकारको स्वास्थ्य मन्त्रालयले अस्पताललाई ४ वटा हेमोडायलाइसिस मेसिन उपलब्ध गराइसकेको छ ।
तर, यी मेसिनहरू सञ्चालन गर्न आवश्यक स्रोतसाधनको अभाव छ । विशेषगरी, डायलाइसिसका लागि शुद्ध खानेपानीको व्यवस्थापन महत्वपूर्ण हुन्छ । यसै अभावलाई पूरा गर्न सांसद चौधरीले आरओ प्रविधि जडानका लागि सहयोग गर्नुभएको हो ।
अस्पताल र नगरपालिकाले डायलाइसिस सेवा सञ्चालनका लागि आर्थिक सहयोग अभियान चलाएका छन्। । बर्दघाट नगरका मेयर शम्भुलाल श्रेष्ठले ूएक घर, एक हजारू संकलन अभियान जारी राखेका छन, जसले सेवा सञ्चालनका लागि आवश्यक रकम जुटाउन मद्दत पुग्नेछ ।
प्रतिक्रिया