Developed By Kuldeep Sharma

May 29, 2025

“भूमिहिन नागरिकको लागि आवास निर्माण सम्बन्धि एक दिवसिय छलफल तथा अन्तरक्रिया कार्यक्रम“

नवलपरासी । थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टर द्वारा “भूमिहिन नागरिकको लागि आवास निर्माण सम्बन्धि एक दिवसिय छलफल तथा अन्तरक्रिया कार्यक्रम“ सुस्तामा सम्पन्न भएको छ ।
थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टर का सँयोजक देवानन्द सिँह फौजदर ज्युको अध्यक्षता तथा सुस्ता गाउपालिका अध्यक्ष श्री टेकनारायन उपाध्याय प्रमुख आतिथ्यता एवँ सुस्ता गाउपालिका उपाध्यक्ष गिता कुमारी चौधरी ज्युको विशिष्ट आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
थारु मिलन केन्द्र नेपाल का सचिव सत्रुधन चौधरी ले कार्यक्रम सँचालन गर्नुभएको थियो र स्वागतमन्तब्य थारु मिलन केन्द्र नेपाल एवँ सरावल गाउपालिकाका पुर्व अध्यक्ष राधेश्याम चौधरी ले गर्नु भएको थियो ।


भने कार्यक्रमको उद्देश्य बारे थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टर सदस्य अन्जली चौधरीले प्रकास पार्नु भएको थियो र सुस्ता गा पा वडा नँ.३ का अध्यक्ष हरिलाल दुसाध, पु्र्व गाबिस अध्यक्ष बिसमिल्लाह अन्सारी, पुर्व गाबिस अध्यक्ष गँगाराम महतो लगायतले कार्यक्रम सफलताको शुभकामना सहित आ आफ्नो धारणा राख्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak