यस्तै जिल्लाका ४ गाउँपालिका मध्ये सुस्ता गाउँपालिका जिल्लाकै प्रथम हुन सफल भएको छ । सुस्ताले ६६.४ अंक प्राप्त गरेको छ भने सरावल गाउँपालिका ६२ अंकका साथ दोश्रो भएको छ । यस्तै प्रतापपुर गाउँपालिकाले ५२.७ अंक प्राप्त गर्दा पाल्हीनन्दन गाउँपालिकाले भने ३३.५ अंक प्राप्त गरेको वित्त आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आयोगले विभिन्न १७ वटा सूचकहरुको आधारमा मूल्याङकन गर्ने गर्दछ । जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वार्षिक समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्ष १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्यसंस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।
प्रतिक्रिया