Developed By Kuldeep Sharma

February 13, 2025

बर्दघाट नगरले पहिचान सहितकाे नगर गान बनाउने

बर्दघाट नगरले पहिचान सहितकाे नगर गान बनाउन

नवलपरासी । पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले नगर गान बनाउने भएको छ। बर्दघाट नगरले पहिचान झल्कने नगर गान निर्माण गर्ने लागेको हो।

नगरप्रमुख शम्भुलाल श्रेष्ठले नगरकाे पहिचान झल्किने गरी नगर गान निर्माण गर्न लागिएको बताउनु भयो। ” नगरकाे भौगोलिक अवस्था, सामाजिक र सांस्कृतिक पहिचान हुने गरी नगर गान निर्माणमा लागि रहेका छौं।” श्रेष्ठले भन्नुभयो । नगर गानको सिफारिसका लागि नगरले बर्दघाट प्रज्ञा प्रतिष्ठानलाई जिम्मा दिएको छ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानले नगर गानको मूल्याङ्कन र सिफारिसका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने (परिश्रमी)को संयोजक रहने समितिमा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, प्रतिष्ठानका सदस्य सचिव शरद पौडेल तथा दुई जना संगीतकार सदस्यमा रहनुभएको छ । संयोजक न्यौपानेका अनुसार नगरगानका लागि प्रज्ञा प्रतिष्ठानले काम अगाडि बढाएको बढाएको छ । “नगरले दिएको जिम्मेवारी हामी गहन रुपमा लिँदै नगरगानको निर्माणमा लागिपरेका छौं ।” न्यौपानेले भन्नुभयो ।

प्रतिष्ठानले विद्यार्थी, शिक्षक- शिक्षिका तथा अन्य सर्जकहरुलाई नगर गान निर्माणका लागि आह्वान गर्ने र उत्कृष्ट नगर गानलाई सिफारिस गर्ने न्यौपानेको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak