Developed By Kuldeep Sharma

माघ २६, २०८१

रुयूकाईद्वारा संचालित आँखा उपचार केन्द्र आजबाट बिधिवत रुपमा संचालनमा

 

पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ मा रुयूकाईद्वारा संचालित आँखा उपचार केन्द्र आजबाट बिधिवत रुपमा संचालनमा आएको छ ।

देशका विभिन्न ठाउँहरुमा आँखा उपचार केन्द्र सञ्चालन गरेको रेयुकाईले ५ औ आँखा उपचार केन्द्रको रुपमा बर्दघाट बाट आफ्नो सेवा सुभारम्भ गरेको हो ।बर्दघाटनगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले उपचार केन्द्रको आज एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको छ ।उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख श्रेष्ठले आँखा उपचार केन्द्रबाट बर्दघाट नगरपालिकाका ८० हजार जनसंख्याले लाभ लिन सक्न्ने उल्लेख गर्दै मानवीय जिवनमा दृष्टिनै महत्त्वपूर्ण भएकाले बर्दघाटमा संचालन भएको उक्त उपचार केन्द्र दुरिका हिसाबले र सर्वसुलभ रुपमा पनि प्रभावकारी हुने बताउनु भयो ।

बर्दघाट नगरपालिकाले परासीमा रहेको बिनोद निता कण्डेल आँखा अस्पतालमा मोतियाबिन्दुको निशुल्क शल्यक्रियाको ब्ययवस्था मिलाएको र अघिल्लो बर्ष पनि १ सय २६ जना नगरबासीले निशुल्क शल्यक्रियाको सुबिधा लिएको बताउनु भयो ।

रेयुकाई मासुनागा अस्पताल काभ्रेका महासचिव हिरामणी शर्माले सस्था नाफामुखी नभएकाले अत्यन्तै न्युन मुल्यमा सेवा प्रदान गरिने बताउनु भयो ।दक्ष दृष्टि चिकित्सक बाट उपचार हुने उक्त उपचार केन्द्रमा चश्मा बनाउनका लागि अत्याधुनिक मेसिन समेत उपलब्ध रहेको जानकारी दिनु भयो ।

सस्थाले बर्दघाट नगरपालिकाका विभिन्न विद्यालयहरुमा आँखा शिविरको आयोजना गरी १ सय जना विद्यार्थीका लागि निशुल्क चस्मा बितरण गरिएको बताउनु भयो ।दृष्टि कमजोरीका कारण पनि पठनपाठनमा विद्यार्थीको रुचि नहुने समस्याहरु रहेकाले अविभावकहरुले यसमा बिशेश ख्याल राख्नु पर्ने शर्माले बताउनु भयो ।

उपचार केन्द्र उद्घाटन कार्यक्रममा बर्दघाट नगरपालिका वडाअध्यक्षहरु बेदविना तिवारी, बिमला गुरुङ ,रेयुकाई बर्दघाटका अध्यक्ष चेतनारायण पाण्डेले आँखा संबेदनसिल भएकाले उपचारमा आम नागरिकको पहुँच पुर्याउन आफुहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By kosikhabar