खुरसेद हजाम , नवलपरासी । पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वडा नं ५ मा रतनगञ्जमा एक कार्यक्रम आयोजना गरी रमजान शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल ओलमा काउन्सिल नेपाल नवलपरासीका शाखाको आयोजनामा सुस्ता ५ रतनगञ्ज मदरसा अजिजिया अहले सुन्नत अनावारुल ओलुम सुस्ता ५ मा सम्पन्न भएको हो।
ओल्मा काउन्सिल नेपाल नवलपरासी शाखाका अध्यक्ष निजामुद्दीन अन्सारीको अध्यक्षतामा तथा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री माननीय देउकरण प्रसाद कलवार प्रमुख अतिथिमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा वन तथा वातावरण मन्त्री देवकण प्रसाद कलवारले जातीय रुपमा विभिन्न धर्ममा बाधिएका नेपालीहरुको धार्मिक परिवेश जे जस्तो भएपनि सबै धर्मको सारांश एउटै रहेको बताउनु भयो।
सो अवसरमा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले मदर्सा शिक्षालाई राष्ट्रिय शिक्षा सङ्ग जोडेर शैक्षिक गतिविधिलाई अगाडि बढाइएमा राष्ट्रको चाहना अनुसार असल नतिजा निकाल्न सकिने विचार व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले सबै धर्मावलम्बीहरुलाई पालिकाले साझा नजरबाट हेर्दै आएको विचार व्यक्त गर्दै सबै समुदायका व्यक्तिहरुलाई एकै दृष्टिकोण राख्दै आएको बताउदै टोलगत रुपमा मदर्सा नराखेर पुरै पालिका अन्तर्गत एउटा उच्च शिक्षा प्रदान गर्ने विद्यालय राख्नुपर्ने सुझाव दिदै सोको लागि पालिकाले सक्दो सहयोग गर्ने जिकिर गर्नुभयो।
भेलामा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सबै धर्मले मानिसलाई असल सन्देश दिने विचार राख्दै मानिसको मन, विचार सफा र शुद्ध राखेर गरिने धार्मिक क्रियाकलापबाट सकारात्मक नतिजा निकाल्न सकिने धारणा राख्नुभयो ।
सो अवसरमा नवलपरासी (ब.स.प) प्रहरी प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाल, नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य करम हुसेन अन्सारी, पत्रकार श्याम थापा, समसाद अन्सारी लगायतले आफ्नो धारणा राखुभएको कार्यक्रम सञ्चालक सैयद गुलाम हुसेनले जानकारी दिनुभएको छ।
प्रतिक्रिया