Developed By Kuldeep Sharma

August 6, 2025

सुस्तामा नागरिकताविहीन नेपालीले पनि विद्युत पाउनुपर्ने माग

पश्चिम नवलपरासीको सुस्तामा नागरिकताविहीन नेपालीहरूले विद्युत जडान गर्न पाउनुपर्ने माग राख्दै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरन प्रसाद कलवार “सन्तु” ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई ध्यानाकर्षण गराउनुभएको छ।

पश्चिम नवलपरासीबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य बैजनाथ जैसवालसहित मन्त्री कलवारले संयुक्त रूपमा मन्त्री खड्कासँग भेटघाट गरी सुस्ताका नागरिकहरूले भोग्दै आएको समस्याबारे जानकारी गराउनुभएको हो। सुस्तामा अझै पनि केही नागरिक नागरिकताविहीन छन् र उनीहरूले विद्युत सेवाबाट वञ्चित हुनुपरेको छ।

छलफलको क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री खड्काले यस विषयमा सम्बन्धित निकायको ध्यान गएको र समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिक्रिया दिनुभएको छ। यसले सुस्ताका नागरिकहरूमा आशा जगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak