काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले विगत केही दिन देखि मेरो विषयमा नियोजित तवरले फैलाइएको भ्रमपूर्ण र कपाेलकल्पित अफवाह प्रति ध्यानाकर्षण भएको बताएका छन् ।
प्रतिनिधि सभा चुनावमा मेरो विरुद्धमा अनुशासन समितिमा कारबाही उजुरी परेको र प्रतिनिधि सभा क्षेत्र १ मा निर्वाचित भएको हुँदा पनि पैसाको पावर र जिल्लामा नभई सिधै केन्द्रमा पहुँचको भरमा कारबाही सिफारिस गर्ने निन्दनीय कार्य भएको बताए । उनले आज नेपाली काँग्रेस पार्टी परासीमा पत्रकार सम्मेलन गरी काँग्रेस लोकतान्त्रिक पार्टी हो निष्ठा त्याग बलिदानलाई महत्त्व दिँदै गलत अराजक र पार्टीको विरोधी गतिविधि गर्नेहरूको विरुद्ध एक भएर अगाडि बढ्ने बताएका हुन ।महामन्त्री खनालले कारबाहीको प्रकृया अघि बढ्न थालेको छनक पाएका नेपाली काँग्रेस विचारको पार्टी नभएको बताए ।
केन्द्रीय पार्टी अनुशासन समितिमा खनालविरुद्ध कारबाहीको उजुरी दर्ता भएको छ । पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठकमा अनुशासन समितिको प्रतिवेदनको ऐजेन्डा पनि रहेको छ । सोही ऐजेन्डामा आफूमाथि दर्ता भएको उजुरीमार्फत कारबाही हुन सक्ने खनाललगायत जिल्लाका नेताको आशङ्का छ । कारबाही भए त्यसको विरुद्ध कार्यकर्ताहरू एक रहेको केन्द्रीय समितिलाई दबाब दिन दिएका छन । जिल्लामा केन्द्रीय सदस्य एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल र खनालको गुट छ । खनाललाई कारबाहीको माग गर्दै कँडेललगायतका नेताले जिल्लामा नभई सिधै केन्द्रमा पहुँचको भरमा उजुरी दर्ता गराएको खनाल पक्षको भनाई छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टीका उम्मेदवार विनोद चौधरीलाई हराउन खनालले अभिव्यक्ति दिएको भन्दै केन्द्रीय समितिका उजुरी दिए परेको छ । महामन्त्री खनालले भने पार्टीले टिकट दिनुपूर्व बाहिरी व्यक्ति उम्मेदवार भए कार्यकर्ताले सहयोग नगर्ने बताएपनि अन्ततः चौधरीले टिकट ल्याएपछि इमान्दारी पूर्वक लागेको दाबी गरे ।
केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलमाथि सरावल गाउँपालिकामा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठाएको र जिससको निर्वाचनमा बहुमत हुँदा हुँदै अर्कै पार्टीलाई जिताएको आरोप लगाउँदै कँडेलसहित ७ जनालाई जिल्ला समितिले कारबाहीका लागि सिफारिस गरिएको जिल्ला सचिव कुलदिप आचार्यले जानकारी दिए ।ने
प्रतिक्रिया