कार्यसम्पादनमा बिगतका बर्षहरुमा कमजोर देखिदै आएको पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन सर्वश्रेष्ठ अंक सहित(LiSA)को नतिजामा जिल्लामा प्रथम स्थानमा आएको छ ।
जिल्लाको पिछडिएको स्थानीय तहमा सुस्ता गाउँपालिकालाई लिइन्छ भने स्थानीय तह संस्थागत क्षमताको स्वमुल्यांकन(LISA)को नतिजामा भने जिल्लाका अन्य गाउँपालिकाको तुलनामा प्राप्त अंकका आधारमा प्रथम हुन सफल भएको हो ।अघिल्लो आब मा ५४ अंक प्राप्त गरेकोमा अहिले ९२ अंकका साथ जिल्लामै पहिलो बनेको हो ।
सुस्ता गाउँपालिकाको स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (LISA)को १० वटा सुचक अनुसार सुस्ता गाउँपालिकालाई हेर्ने हो भने १.शासकीय प्रबन्धी सुचकको ९ पुर्णान्कमा ९ अन्क प्राप्त २.संगठन तथा प्रशासन सुचकको ८ पुर्णान्कमा ८ अन्क प्राप्त ३.बार्षिक बजेट तथा योजना व्यवस्थापन सुचकको ११ पुर्णान्कमा ९ अन्क प्राप्त,४.बितिय तथा आर्थिक व्यवस्थापन सुचकको ११ पुर्णान्कमा १०.२५ अन्क प्राप्त,५.सेवाप्रवाह सुचकको १६ पुर्णान्कमा १४.५ अन्क प्राप्त,६.न्यायिक कार्यसम्पादन सुचकको ७ पुर्णान्कमा ७ अन्क प्राप्त,७.भौतिक पुर्वधार सुचकको १३ पुर्णान्कमा १०.५ अन्क प्राप्त,८.समाजिक समावेशीकरण सुचकको १० पुर्णान्कमा ९.५ अन्क प्राप्त,९.वातावरण संरक्षण तथा बिपद व्यवस्थापन सुचकको ९ पुर्णान्कमा ८.२५ अन्क प्राप्त र १०.सहकार्य र समन्वय सुचकको ६ पुर्णान्कमा ६ अन्क गरि पालिकाले १०० को पुर्णान्कमा ९२ अन्क मात्र प्राप्त गरेर जिल्लामै उत्कृष्ट अर्थात प्रथम भएको हो ।
गाउँपालिका बाट प्रवाह हुने सेवालाई क्रमिक रुपमा सुधार गर्दै चुस्त दुरुस्त र पारदर्शी रुपमा अघि बढाईएको प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताउनु भयो ।आम बुझाईमा सुस्तालाई हेर्ने दृष्टिकोण परिवर्तन हुन जरुरी रहेको र पछिल्ला कार्यसम्पादनले यो कुराको थप पुष्टि गरेको भुसालको दावी छ ।
प्रतिक्रिया